ताजा खबर

आज प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने, गुठी विधेयक फिर्ता लिने तयारी

   ३ असार २०७६, मंगलवार ११:५५      822 views

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

गुठी विधेयकका विषयलाई लिएर राजधानी काठमाडौंसहित देशका विभिन्न ठाउँमा दिनहुँ प्रदर्शन हुन थालेपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले असन्तुष्ट पक्षका माग सुनुवाई गर्ने तयारी थालेका हुन् । प्रधानमन्त्री ओली गुठीसम्बन्धी विधेयक स्थगित गर्ने मनस्थितिमा पुगेका छन् । उनले यसको तयारीस्वरुप सोमबार आफ्नै दलका जनप्रतिनिधिसँग छलफल गरेका थिए । सत्तारुढ दलका जनप्रतिनिधिले समेत विधेयक फिर्ता लिन सरकारलाई सुझाव दिएका थिए । 

संसद्लाई सम्बोधन गर्दै उनले स्थगित भएको घोषणा गर्न सक्ने बताइएको छ । प्रधानमन्त्री ओलीले आफ्नो युरोप भ्रमणका बारेमा समेत संसद्लाई जानकारी दिने बताइएको छ ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: