
गाउँपालिकाकी उपाध्यक्ष सवार जिप कर्णाली नदीमा खस्यो
सुर्खेत । कर्णाली नदीमा मंगलबार दिउँसो एक जिप खसेको छ ।

हुुम्लाको खार्पुुनाथ गाउँपालिका वडा नम्बर–५, कैलाबालु भन्ने ठाउँबाट लु१ज ७१६६ नम्बरको जिप कर्णाली नदीमा खसेको हो ।
हुम्लाकै सिमकोटबाट खार्पुनाथतर्फ जाँदै गरेको जिप नदीमा खसेको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी मोहन आचार्यले पुष्टि गरे ।
सो जिपमा खार्पुुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धुु शाही र उनका आफन्तहरु सवार रहेको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले जानकारी दिए । यद्यपि, जिपमा कति यात्री सवार थिए भन्ने खुलेको छैन । यात्रीहरुको अवस्था पनि पत्ता लागिनसकेको एसएसपी आचार्यले बताए ।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले हेलिकोप्टरमार्फत् पुगेर नेपाली सेनाले उद्धारको प्रयास गरेको र यकिन विवरण आउन नसकेको बताए । दुर्घटनाको विस्तृत् विवरण आउन बाँकी छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38