
रुपा गाउँपालिमा तीन वटा चिस्यान केन्द्र स्थापन गरिंदै
पोखरा । कास्की जिल्लाको रुपा गाउँपालिका भित्र तीन वटा चिस्यान केन्द्र स्थापना गरिने भएको छ ।

गण्डकी प्रदेश सरकारको ३० लाख र गाउँपालिकाको २० लाख गरि कूल रु. ५० लाखको लागतमा चिस्यान केन्द्र स्थापना गरिन लागेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिका अन्तर्गत तरकारीको पटेक क्षेत्रकारुपमा परिचित वडा नं ३ ताकाञ्जा, ६ को रुपाकोट र ७ को माझकोटमा दश टन क्षमताका छुट्टाछुट्टै तीन वटा चिस्यान केन्द्र स्थापना गरिने भएको हो ।
गाउँपालिकाका पोल्याङ, पिप्ले, रुपाकोट, सिर्कुतान र देउराली, लगायतका उर्वर फाँटहरुमा उत्पादीत ताजा तरकारी तथा फलफुल भण्डारणमा चिस्यान केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएकोछ ।
चिस्यान केन्द्र स्थापनासंगै सो क्षेत्रमा तीन सय भन्दा बढी मैसामी तथा बेमौसमी तरकारी कृषक लाभान्वित हुनुको साथै आय आर्जनमा समेत थप टेवा पुग्ने विश्वास लिइएकोछ । (रासस)
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38