ताजा खबर

अछाममा ट्रयाक्टर दुर्घटना : ३ जना विद्यार्थीको ज्यान गयो

   ११ असार २०७६, बुधबार ०९:३२      1,967 views

अछाम – अछाम जिल्लाको चौरपाटी गाउँपालिका–३, शोकट  मुली कोलगैरामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको ज्यान गएको छ ।

से १ त ७८३९ नम्बरको ट्रयाक्टर बुधबार बिहानै दुर्घटना हुँदा तीन जना विद्यार्थीको ज्यान गएको हो । दुर्घटनामा परि चार जना विद्यार्थी घाइते भएका छन् ।

ज्यान गुमाउनेमा चौरपाटी गाउँपालिका–२ मा रहेको दशपल्ले माविवाट यस वर्ष एसइई परीक्षा दिएका रमेश साउद, कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत काली साउद रहेको दशपल्ले माविका शिक्षक लोकबहादुर बोगटीले जानकारी दिनुभयो ।

ट्रयाक्टर चालकले भने हाम फालेर ज्यान जोगाएका छन् । अन्य ४ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । घटनाको बिस्तृत बिवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अछामका कार्यालय प्रमुख डीएसपी जनकबहादुर शाहीले जानकारी दिनुभयो 

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: