ताजा खबर

मगर चलचित्रकर्मी संघको १५ दिने अभिनय प्रशिक्षणको समापन

   १४ असार २०७६, शनिबार ११:५८      1,193 views

मगर चलचित्रकर्मी संघ नेपाल, कास्कीको आयोजनामा सञ्चालित १५ दिने अभिनय प्रशिक्षणको समापन गरिएको छ ।

शुक्रबार आयोजित प्रशिक्षणको समापनका अवसरमा प्रशिक्षणका सहभागीहरूलाई प्रमाणपत्र वितरण गरियो । सो अवसरमा बोल्दै मगर चलचित्रकर्मी संघ नेपालका केन्द्रीय उपाध्यक्ष मेजन पुनमगरले मगर जाति आफैंमा भाषिक र सांस्कृतिक हिसाबले पनि विविधता भएको समुदाय भएको बताउनुभयो ।


मगर समुदायमा रहेको भाषिक एवं सांस्कृतिक विविधतालाई चलचित्रमार्फत् उजागर गर्नुपर्ने आवश्यकता औंल्याउँदै उपाध्यक्ष पुनमगरले मगर जातिको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन मगर चलचित्र निर्माणले महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । मगर चलचित्रको मौलिकता, बजार प्रवद्र्धन, लगानीको आवश्यकता, विषयवस्तु आदिका बारेमा संघले योजनाबद्ध रुपमा अघि बढ्न खोजेको भन्दै उपाध्यक्ष पुनमगरले मगर चलचित्रको विकासका लागि मगर समुदायबीचको एकता आवश्यक रहेको बताउनुभयो ।


नेपाल मगर संघका केन्द्रीय सदस्य एवं कास्की जिल्ला अध्यक्ष पूर्णबहादुर रानामगरले राम्रा मगर चलचित्र निर्माण गरिनुपर्नेमा जोड दिँदै मगर चलचित्रको बजार प्रवद्र्धनका लागि मगर संघले सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो । अभिनय प्रशिक्षण कार्यक्रमले राम्रा कलाकार जन्माउन सहयोग पुग्ने भन्दै रानामगरले अभिनय प्रशिक्षणबाट मगर चलचित्र मात्र नभइ अन्य चलचित्रमा समेत अभिनय गर्नका लागि बाटो खुलेको बताउनुभयो ।


नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष नुनु रानामगर, नेपाल मगर लेखक संघका केन्द्रीय सदस्य रूद्रबहादुर श्रीसमगर र प्रशिक्षक तथा अभिनेता एवं रंगकर्मी राज काउचामगरले प्रशिक्षणमा सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । कार्यक्रममा मगर चलचित्रकर्मी संघ नेपाल, कास्कीका सदस्यहरूलाई संघको परिचयपत्र वितरण पनि गरिएको थियो ।


मगर चलचित्रकर्मी संघ नेपाल, कास्कीका अध्यक्ष राहुल थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव आशीष पुनमगर र कोषाध्यक्ष कमला थापामगर (प्रिया)ले स्वागत गर्नुभएको थियो । ३५ जना प्रशिक्षार्थीको सहभागिता रहेको प्रशिक्षणको संयोजन चलचित्र निर्देशक एवं निर्माता सन्तोष पिठाकोटेमगरले गर्नुभएको थियो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: