
उपभोक्ताको सेवामा सक्रिय खानेपानी संस्थान
नेपाल खानेपानी संस्थान पोखरा शाखाका प्रमुख निरन महर्जनले संस्थान उपभोक्ता हितमा लागि परेको बताएका छन् ।

नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराको २६ औं वार्षिकोत्सवका अवसरमा आयोजित वृक्षरोपण कार्यक्रममा प्रमुख अतिथि इन्जिनियर महर्जनले कर्मचारीको एकतामा जोड दिँदै उपभोक्ताको हितमा समय खर्चन अनुरोध गरे ।
उपभोक्ताका चाहना अनुरुप सेवा दिनु संस्थानको कतव्र्य भएको भन्दै कर्मचारी संघले वृक्षरोपण गरेर प्रभावकारी काम गरेको बताए । उनले कर्मचारीको अपेक्षा र आचरणमा ध्यान दिन आग्रह गर्दै भविष्यमा पर्न सक्ने खतरा प्रति सचेत रहन सवै कर्मचारीलाई आग्रह गरे ।
शाखा कार्यालयमा आयोजित असारे १५ अर्थात् दहि चिउरा खाने कार्यक्रमसँगै फलफूलका विरुवा रोपण, संस्थानमा नयाँ नियुक्त भएका कर्मचारीलाई स्वागत र अनिवार्य अवकास भएका कर्मचारीलाई विदाई गरिएको सभामा प्रमुख अतिथि महर्जनले सरकारको योजनालाई पूरा गराउने अभियानमा सिंगो संस्थान लागिपरेको बताए ।
कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस कास्की अध्यक्ष विजयराज भण्डारीले मजदुर एकतामा जोड दिँदै सेवामूलक संस्थामा कार्यरत कर्मचारी जिम्मेवार हुनु पर्ने धारणा राखे ।
कर्मचारी संघका इकाई अध्यक्ष विष्णुप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल खानेपानी संस्थान कर्मचारी संघका केन्द्रीय महासचिव केदार धमलाले संस्थानको भविष्य निर्धारण कर्मचारीको हातमा भएको भन्दै नयाँ जोस र जाँगरका साथ संस्थान प्रवेश गरेकालाई बधाई दिए ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38