
फेदीखोला गाउँपालिकामा स्वस्थ बालबालिका प्रतियोगिता सम्पन्न
बालबालिकाको स्वस्थ स्वास्थ्य प्रोत्साहन गर्ने उद्देश्य बमोजिम स्याङ्जाको फेदीखोला गाउँपालिकाले सोमबार ५ वटै वडा मा स्वस्थ बालबालिका प्रतियोगिता सम्पन्न गरेको छ ।

जन्मदेखि २३ महिनासम्मका २६ जना बालबालिकाको सहभागिता रहेको उक्त प्रतियोगितामा ६ जना स्वस्थ बालबालिकालाई पुरस्कार प्रदान गरिएको थियो ।
बालबालिकालाई जन्मदेखि ११ महिनाको पहिलो समुह र १२ महिनादेखि २३ महिनासम्मको दोस्रो समुहमा विभाजन गरिएको थियो । जसअन्र्तगत २६ जनाको सहभागिता रहेको वडा नं. १ मा पहिलो समुह अन्र्तगत ११ महिनाको कजोल गुरुङ प्रथम, ३ महिनाकी एन्जल महत द्वितीय र ३ महिनाको आसमान गुरुङ तृतीय भएका थिए ।

त्यसैगरि दोस्रो समुहमा १२ महिनाकी एरिना खड्का प्रथम, १४ महिना कि एशु वि.क. दोस्रो र २१ महिना कि एन्जिल गुरुङ तेस्रो भएकी थिइन् । त्यसैगरि २२ जनाको सहभागिता रहेको वडा नं. २ मा पहिलो समुहमा ४ महिनाको पियुज श्रेष्ठ प्रथम, ८ महिनाको ललित सुनार दोस्रो र ३ महिनाको प्रियन्सु पौडेल तेस्रोमा छनोट भएका छन् भने दोस्रो समुहमा २३ महिनाको दिपम सुवेदी प्रथम, १८ महिनाको दिप्लभ सुवेदी दोस्रो, १४ महिनाको अनिशा गुरुङ तृतीय भएका छन् ।
वडा नं. ३ मा २२ जनाको सहभागिता रहेकोमा पहिलो समुह र दोस्रो समुहमा गरि ६ जनालाई पुरस्कृत गरिएको थियो ।
पहिलो समुहमा ६ महिनाको सुलभ भुजेल प्रथम, ४ महिनाको निशान रानाभाट द्वितीय र १० महिनाको आलप वि.क. तृतीय भएका छन् । दोस्रो समुहमा क्रमश १५ महिनाको आगमन लामिछाने, १८ महिनाको कृपा भण्डारी र २१ महिनाको बिप्यान रानाभाट प्रथम, द्वितीय र तृतीय भएका छन् ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38