
बेलायतमा उडिरहेको प्लेनबाट खसेका एकजनाको मृत्यु
लन्डन । बेलायतमा उडिरहेको प्लेनबाट खसेका एकजनाको मृत्यु भएको छ ।

समाचार एजेन्सीहरुका अनुसार हिथ्रो विमानस्थलमा अवतरण गर्ने क्रममा रहेको केन्या एयरलाइन्सको विमानबाट एक यात्रु जमिनमा खसेको हो । ती यात्रु उक्त विमानको ल्यान्डिङ गियरभित्र लुकेर यात्रा गरिरहेका थिए ।
विमान अवतरणको क्रममा ल्यान्डिङ गियर खोलेपछि उनी तीन हजार ५ सय फिट माथिबाट जमिनमा खसेको बताइएको छ ।
मृतकको पहिचान खुल्न नसकेको बताइएको छ । दक्षिण लन्डनको आवासीय क्षेत्रमा रहेको एउटा घरको बगैंचामा ती व्यक्ति खसेका थिए । स्रोतका अनुसार उनी खसेको स्थानबाट करिब तीन फिटको दुरीमा घर मालिक घाम तापेर बसिरहेका थिए । ‘एकछिनसम्म म त ट्वाल्ल परेँ,’ ती घर मालिकले भने, ‘आकाशबाट मान्छे पो खस्यो, सोच्नै नसक्ने घटना हो त्यो ।’
ती व्यक्ति जमिनमा खस्दा ठूलो आवाज आएको प्रत्यक्षदर्शीको भनाइ छ । उनी खसेको स्थानमा जमिनसमेत भासिएको छ ।
केन्याको नैरोबीबाट स्थानीय समयअनुसार आइतबार बिहान सवा नौ बजे उडेको सो विमान हिथ्रो विमानस्थलमा अवतरणको तयारीमा थियो । (एजेन्सी)
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38