ताजा खबर

बेसीशहरमा ६ अर्बको लागतमा फिल्म सिटी बन्दै

   १९ असार २०७६, बिहीबार ०८:११      1,458 views

लमजुङको बेसीशहरमा अन्तर्रा्ष्ट्रिय स्तरको फिल्म सीटी बन्ने भएको छ । बुधबार सञ्चार मन्त्रालयमा एक कार्यक्रमका बीच वर्ल्ड एरिया लाइन भिलेज नेपाल नामक फिल्म सिटीको निर्माण वर्ल्ड एरिया होल्डिङ इटाली र स्काई इन्टरटेन्मेन्ट इन्भेस्मेन्ट प्रालिले संयुक्त लगानीमा निर्माण हुने सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाको उपस्थितिमा वर्ल्ड एरिया होल्डिङ इटालीका तर्फबाट अध्यक्ष फ्रान्सेस्को सिङ्नोरिएलो र स्काई इन्टरटेन्मेन्ट इन्भेस्मेन्ट प्राइभेट लिमिटेड नेपालका तर्फबाट अध्यक्ष आकाश अधिकारीले हस्ताक्षर गर्नुभयो ।

यसको निर्माण लागत अनुमानित ५ अर्ब ९० करोड रुपैयाँ रहेको छ । ५ वर्ष्भित्रमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेको फिल्म सिटीको निर्माणपछि अन्तर्रा्ष्ट्रिय स्तरको प्रविधि सम्पन्न चलचित्र छायाङकन र सम्पादनको सुविधा उपलब्ध हुने छ ।

फिल्म सिटीको निर्माणबाट आन्तरिक रोजगारी सिर्जना हुनुका साथै सरकारले राजस्वसमेत प्राप्त गर्ने छ । फिल्म सिटीको निर्माणसँगै त्यस क्षेत्रमा एउटा पाँचतारे होटलका साथै अन्य पर्यटकीय पूर्वाधारसमेत निर्माण गरिने छ ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: