
पोखरामा दोस्रो चरा उत्सव शुरु
पोखरा पंछी समाजको आयोजनामा पोखरामा बिहीबार देखी दोस्रो चरा उत्सव शुरु भएको छ । उत्सव अन्तरगत बिहीबार चित्रकला प्रतियोगिता र चरा गाइडका लागि तालिम शुरु भएको छ । उत्सवको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोख्रेलले उद्घाटन गरे ।

चरा उत्सवमा नेपालका चरा विद्ध, चरा संरक्षणमा काम गर्ने संरक्षण कर्मी, पर्यटन व्यवसायी, नेपाल सरकारका प्रतिनिधिहरु सगँ चरा उत्सवको बारेमा छलफल हुनेछ । असार २१ गते सम्म सञ्चालन हुने उत्सवमा विभिन्न विषयका सेसनहरुमा छलफल र फोटो प्रर्दशनी हुनेछ ।
नेपालमा आउने पर्यटक मध्ये ८ प्रतिशत पर्यटक चरा हेर्न आउने भएकोले यस्ता पर्यटकको आगमन बढाउन र चरा संरक्षणमा सरोकारवालालाई ध्यानाकर्षण गर्न आवश्यक रहेको पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए । उनले पर्यटन व्यवसायी र अन्यलाई यो विषयमा बुझाएर चरा पर्यटन बढाउन सहयोगी हुने बताए । उनले पोखरामा ४ सय ६७ प्रजातिका चरा रेकड भएको बताए ।
चरा चिनाउने चरा गाईडले दिनमै एक सय डलर शुल्क लिने भएकोले पनि यस्ता पर्यटकको विकास गर्न सके धेरै युवाले रोजगार पाउने पोखरा पंछी समाजका सचिव हेमन्त ढकालले बताए । पोखराका अष्ट्रियन क्यम्पबाट अंग्रेजी महिनाको सेप्टेम्बर देखि डिसेम्बर महिना सिकारी प्रजातीका चरा बसाई सराई गरेको देख्न सकीन्छ ।
यस्ता चरा देखाउन विदेशी पर्यटक आकर्षण गर्न सकीने भए पनि यसबाट फाइदा लिनसक्नु पर्ने उनले बताए । चरा सम्बन्धी फोटो प्रर्दशनी शुक्रबार विहान १० बजे देखी लेकसाइडको गौरीघाटमा हुने उनले बताए ।
आजको खबर

कास्कीको मादी गाउँपालिका वडा नं. १ खिलाङ निवासी खेलाडी टेकेन्द्र गुरुङले ५० वर्ष भन्दा मुनिको पुरुष तर्फको पवार लिफटिङ खेलमा ५६० केजी तौल उचालेर प्रथम…
अझै पढ्नुहोस्Follow Us

नेपाल पावर लिफटिङ प्रतियोगिताका बिजेता टेकेन्द्र गुरुङलाई खिलाङ तमू समाजको बधाई
७ बैशाख २०७८, मंगलवार १५:३४
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38