ताजा खबर

कास्कीको मादी गाउँपालिकाद्धारा ६१ करोड ३२ लाख ४४ हजारको बजेट प्रस्तुत

   २१ असार २०७६, शनिबार २१:४३      2,693 views

कास्कीको मादी गाउँपालिकाले आज पाँचौ गाउँसभाबाट स्वीकृत भएको आर्थिक वर्ष २०७६÷०७७ को नीति कार्यक्रम तथा बजेट सार्वजानिक गरेको छ ।

गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले आज मादी गाउँपालिकाको केन्द्र याङजाकोटमा एक भव्य समारोहका बीच ६१ करोड ३२ लाख ४४ हजार रुपैंयाको बजेट सार्वजानिक गर्नुभएको हो ।

बजेटले भौतिक पुर्वाधार निर्माण र सडकको स्तरोन्नतीमा बढी प्रथामिकता दिएको छ ।
जस अन्तरगत भौतिक पुर्वाधार निर्माणमा गाउँपालिका केन्द्र र वडा केन्द्रहरुलाई जोड्ने रणनीतिक महत्वका सडकहरुको स्तरोन्नती गर्ने, गाउँपालिकाको केन्द्र भवन, वडा भवनहरु, सामुदायिक भवन, विद्यालय भवन लगायतका संरचनाहरु निर्माण गर्ने, सडक पुल तथा झोलुङ्गे पुलहरु निर्माण गर्ने कामलाई बजेटले प्राथमिकतामा राखेको छ ।


गाउँपालिकाले आफनो गाउँपालिका भवन, वडा कार्यालयहरुको भवन निर्माण, सामुदायिक भवन निर्माण र अन्य भवन संरचना निर्माण तथा मर्मतका लागि ४ करोड ७७ लाख ७० हजार विनियोजन गरेको छ ।


यस्तै विभिन्न सडकहरुको निर्माण तथा स्तरोन्नती, नयाँ ट्रयाक ओपन र गोरेटो बाटो सुधारको लागि २ करोड ८६ लाख ६० हजार बजेट विनियोजन गरिएको छ ।


पुर्वाधार संरचनाहरुको मर्मत सम्भार कोषको लागि ५० लाख विनियोजन गरिएको छ ।
सानातिना पुर्वाधार संरचना सुधारका लागि वडा स्तरिय कार्यक्रमका लागि ९ लाख ९० हजार विनियोजन गरिएको छ । यस्तै साझेदारीमा पुर्वाधारमा लगानी गर्न साझेदारी कोषको लागि ८० लाख विनियोजन गरिएको छ ।


अन्य पुर्वाधार मर्मत सुधारको लागि ९६ लाख ६५ हजार बजेट विनियोजन गरिएको छ । बस्ती विकास तथा चक्लावन्दी कार्यक्रमको लागि ३० लाख रुपैंया विनियोजन गरिएको छ ।
यस बाहेक गाउँपालिकाले गत आर्थिक वर्षमा नै सुरु निर्माणाधीन अवस्थामा रहेको कार्यक्रमहरुलाई पनि निरन्तरता दिएको छ ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: