
तमु साँस्कृतिक प्रतिष्ठानले ३२ तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्यो
हुम तमु

उच्च शिक्षा हाम्रो लक्ष्य नाराका साथ स्थापित तमु साँस्कृतिक प्रतिष्ठान नेपालले शनिवार पोखरामा एक कार्यक्रम आयोजना गरी ३२ जना तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ।
कास्की, पर्वत, स्याङ्जा र तनहुँका यसैवर्ष देखि अर्थात नयाँ २१ जना र गतवर्षदेखि पुराना ११ जना गरिब तथा जेहेन्दार ग्रामीण भेकका सामुदायिक विद्यालयमा अध्ययनरत तमु विद्यार्थीहरुलाई प्रमाणपत्रसहित जनही ८ हजारको दरले २ लाख ५६ हजार रुपैया छात्रवृत्ति वितरण गरिएको हो।

कक्षा ९, १०, ११ र १२ का लागि छनौट भएका कास्की अन्नपुर्ण मावि सिक्लेसका प्रज्वल तमुलाई तमु धि युके छात्रवृत्ति, अन्नपुर्ण माविकै नेहा तमुलाई नन्दजंग तथा जगतमाया तमु छात्रवृत्ति, भुर्जुङखोलास्थित माछापुच्छ«े माविका सनम तमुलाई कमल तथा पुनम तमु छात्रवृत्ति, माछापुच्छ«ेकै कृष्मा तमुलाई स्व.सैतादेवी प्रभुभाई पि.पटेल स्मृति छात्रवृत्ति, हिमालय मावि मौजाका मणिराज तमुलाई सचिन छात्रवृत्ति, बहादुरे मावि भदौरे देउरालीकी जेशिका तमुलाई कमल तथा पुनम छात्रवृत्ति, मेश्रमबराह मावि घान्द्रुकका साइमन तमुलाई चारभञ्ज्याङ युके छात्रवृत्ति,
निष्पक्ष मावि हुम्दीकी एलिना तमुलाई रामचन्द्र तथा पवित्रा तमु छात्रवृत्ति, चन्द्रप्रभा मावि रुपाकोटकी जेनिशा तमुलाई कमल तथा जयन्ती तमु छात्रवृत्ति प्रदान गरिएको हो। यसरी नै चारवर्षका लागि पृथ्वीनारायण माविका पृथक तमुलाई स्व.क्या.मिनबहादुर तमु स्मृति छात्रवृत्ति, स्थानापति मावि धम्पुसका नविन तमुलाई तमु धिं युके छात्रवृत्ति, स्याङ्जा बाँगे फड्के स्थित मैदान माविकी क्रिष्टिना तमुलाई तमु समाज कतार छात्रवृत्ति, मैदान माविकै एलिना तमुलाई दिलिप तथा हेमा तमु छात्रवृत्ति, चण्डीडाँडा मावि फेदीखोलाका रिजन तमुलाई तमु धिं युके छात्रवृत्ति,

चण्डिडाँडाकै युनिका तमुलाई डा.चन्द्रबहादुर तथा महेश तमु छात्रवृत्ति, जीवनज्योति मावि स्याङ्जा विरुवाकी स्नेह तमुलाई प्रितमकुमार तथा राजकुमारी तमु छात्रवृत्ति, माझकोट मावि वालिङका अनिल तमुलाई जुमकाजी तथा कमलादेवी तमु छात्रवृत्ति वितरण गरिएको थियो। यस्तै गरी तनहुँ बन्दीपुरस्थित मानुमाविकी भवानी तमुलाई तमु धिं युके छात्रवृत्ति, अरनिका मावि भानुकी लिजा तमुलाई शेष घले तथा जमुना घले छात्रवृत्ति, पर्वत आर्थर डाडाखर्कस्थित पञ्चकोशी माविकी निकिता तमुलाई तमु धिं युके छात्रवृत्ति, भुकदेउराली मावि भुक पर्वतका सोनाम तमुलाई खुशीमान तथा मीना तमु छात्रवृत्ति प्रदान गरिएको छ।यसै वर्ष छनौट भएका विद्यार्थीहरुले २०७६ देखि २०७९ सालसम्म वार्षिक रुपमा नियमित छात्रवृत्ति पाउनेछन् ।

छात्रवृत्ति निरन्तरताका लागि विद्यार्थीले कक्षा नियमित रुपले उतिर्ण गर्नुपर्ने प्रतिष्ठानले नियम नै बनाएको छ। कार्यक्रममा गतवर्षदेखि २०७८ सम्म छात्रवृत्ति प्राप्त गर्ने ११ जना पुराना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो। छात्रवृत्ति ग्रहण गरेकाहरुमा कास्की ताङतिङस्थित हिमालय मिलन माविकी आकृती तमुले तमु धिं युके छात्रवृत्ति, चन्द्रप्रभा मावि रुपाकोटकी निर्मिका तमुले तमु धिं युके छात्रवृत्ति, अन्नपुर्ण मावि सिक्लेसकी कल्पना तमुले अमरबहादुर तथा स्व.शुभा तमु छात्रवृत्ति, माछापुच्छ«े मावि भुर्जुङखोलाका अमोल तमुले अध्यक्ष तमु धिं नेपाल छात्रवृत्ति, तनहु बन्दीपुरस्थित सत्यवती माविकी पुजा तमुले तमु धिं जापान छात्रवृत्ति, मित्रता मावि आबुखैरेनीकी प्रमिला तमुले पनि तमु धिं जापान छात्रवृत्ति, स्याङ्जा विरुवास्थित अरनिको माविकी जस्मिता तमुले मकर तमुले छात्रवृत्ति, त्रिशहिद मावि पञ्चमुलका अविनास तमुले मनबहादुर तथा इन्द्रकुमारी तमु स्मृति छात्रवृत्ति, पर्वतस्थित भुकदेउराली माविकी सन्ध्या तमुले धनबहादुर तमु स्मृति छात्रवृत्ति, महेन्द्रमावि महाशिला पर्वतका सुसन तमुले ट्रीनिटी एजुकेशन तथा साकुरा जापानीज ल्याङ्ग्वेज छात्रवृत्ति र पञ्चकोशी मावि आर्थरकी सोफिया तमुले दुर्गा तथा
सरस्वती शाही छात्रवृत्ति रहेको छ। कार्यक्रमको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि पोखरा एकेडेमीका संस्थापक प्रिन्सिपल महेन्द्र तमुले छात्रवृत्तिले विद्यार्थीहरुलाई उच्च शिक्षा र असल नागरिक बन्नका लागि प्रोत्साहन गर्ने बताउनुभयो। विद्यार्थीले सपना देख्नुपर्दछ, सपना पुरा गर्ने इच्छाशक्ति र मेहेनत जरुरी हुने उहाँको भनाई थियो। शिक्षाको महत्व बुझ्न विद्यार्थीहरुलाई आग्रह गर्नुहुदै उहाँले अभिभावकको अपेक्षा पुरा गर्न र विश्वास डगमगाउन दिन नहुने बताउनुभयो।उहाँले विदेश मात्रै सोच्ने होइन नेपालमै अध्ययन गरेर उन्नति र प्रगति गर्न सकिने भन्दै विद्यार्थीहरुलाई प्रोत्साहित गर्नुभएको थियो। प्रतिष्ठान सल्लाहकार तथा अक्षयकोषदाता तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले छात्रवृत्ति मार्फत तमु विद्यार्थीहरुलाई शिक्षाप्रति अभिप्रेरित गरेको बताउनुभयो। बैदेशिक रोजगारीमा जापान पुगेका तमुहरुले तमु शिक्षाको आवाश्यकता महसुस गरी तमु साँस्कृतिक प्रतिष्ठान नेपाल स्थापना गरी उदाहरणीय कार्य गरेको भन्दै प्रसंशा गर्नुभयो।
शिक्षा विना प्रगति र उन्नति हुन नसक्ने भएकाले तमु धिं नेपालले पनि सुनिल छात्रवृत्ति, तमु धिं छात्रवृत्ति लगायत सञ्चालन गरेकाले आवेदनका लागि पनि आग्रह गर्नुभयो। शिक्षासेवी लिटिलस्टेप माविका संस्थापक शेरबहादुर तमुले छात्रवृत्ति प्रापत विद्यार्थीहरुलाई बधाई दिनुहुदै हलिे जातिय, समुदाय र अधिकार कुरा भन्दा पनि शिक्षालाई जोड दिनुपर्ने बताउनुभयो।
तमु विद्यार्थीहरुले प्राविधीक शिक्षामा जोड दिनुपर्ने उहाँको सुझाव थियो। कार्यक्रममा प्रतिष्ठानको विद्यार्थी समितिकी अध्यक्ष शिला तमुले मन्तव्य व्यक्त गर्नुहुदै प्रतिष्ठान तमु विद्यार्थीहरुको प्रोत्साहन र उच्च शिक्षाका लागि मार्गदर्शन बनेको बताउनुभयो। तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चिजकाजी तमुको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष चित्रबहादुर तमुले स्वागत र सचिव श्रीजंग तमुले कार्यक्रम सञ्चालन गर्नुभएको थियो
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38