
मिड टाउनको आयोजनामा महिलाहरुलाई निःशुल्क कम्प्युटर शिक्षा
लायन्स क्लब अफ पोखरा मिड टाउनको आयोजनामा महिलाहरुलाई लक्षित गरी निःशुल्क कम्प्युटर शिक्षा तालिम सुरु भएको छ । ‘डिप्लोमा इन कम्प्युटर एप्लिकेसन’ कोर्षको तालिम हालै एक कार्यक्रमका बीच उद्घाटन भएको क्लबका सचिव तथा कार्यक्रम संयोजक विकास भुर्तेलले जानकारी दिए ।

ग्लोबल आइटी एजुकेसन अमरसिंहचोकमा सञ्चालित तालिम ३ महिनासम्म चल्ने अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए । ‘तालिममा सहभागीहरुको सम्पूर्ण शुल्क क्लबले व्यहोर्छ,’ उनले भने, ‘तालिमबाट गरिब तथा विपन्न वर्गका महिलाहरु प्रत्यक्ष लाभान्वित हुँदैछन् ।’
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पास्ट मल्टिपल काउन्सिल चियरपर्सन दीपक श्रेष्ठले कम्प्युटर शिक्षा लिएर स्वरोजगार बन्न तालिममा सहभागीहरुलाई आग्रह गरे । विधाता हस्तकला प्रशिक्षण केन्द्रका सञ्चालक सबिता श्रेष्ठ रञ्जितले प्राविधिक शिक्षाको महत्व धेरै रहेको बताइन् ।

क्लबका अध्यक्ष सुरेन्द्र पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष विश्वास भण्डारीले, धन्यवाद मन्तव्य सहसचिव त्रिलोचन गौतमले राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव विकास भुर्तेलले गरेका थिए ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38