ताजा खबर

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालद्वारा प्रहरी कर्मचारीलाई सम्बोधन

   २३ असार २०७६, सोमबार १७:४०      1,098 views

संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हरेक प्रहरी कर्मचारीले आफ्नो प्रहरी व्यवसायीकता झल्किने गरी सेवा प्रवाह गर्न आवश्यक रहेको बताउँदै समाजको शान्ति सुरक्षामा खलल पुरयाउने जुनसुकै तत्वहरु माथि प्रहरी आक्रमक रुपले प्रस्तुत हुने बताउनु भएको छ ।

आज गण्डकी प्रदेश प्रहरी कार्यालयको सभाहलमा सम्पन्न एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । साथै बदलिदो परिस्थिति अनुरुप आम नागरिकको प्रहरी प्रतिको अपेक्षामा समेत बृद्दि भएकाले दिनानुदिन जनलक्षित कार्यक्रमहरुलाई जोड दिंदै प्रहरी सेवा प्रवाह गर्नुको विकल्प नरहेको बताउँदै हरेक जिल्लाहरुमा सचेतनाका कार्यक्रमहरुलाई जोड दिन समेत उहाँले निर्देशन गर्नु भएको छ ।


गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेले तालुक प्रहरी प्रधान कार्यालयबाट भएका नीति तथा निर्देशनलाई अक्षरंस पालना गर्दै गण्डकी प्रदेश अन्तर्गत शान्ति सुरक्षाको अवस्थालाई चुष्त दुरुष्त राख्न आफुहरु तत्पर रहेको बताउनु भएको छ ।


उक्त अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक, संघिय प्रहरी इकाई कार्यालय पोखराका प्रमुख, प्रदेश ट्राफिक प्रहरी प्रमुख लगायत कास्की जिल्ला स्थित अन्य प्रहरी कार्यालयका प्रमुख एवं अन्य प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: