ताजा खबर

पोखरामा उद्यम उत्सव

   २३ असार २०७६, सोमबार १९:०२      1,303 views

हेफर नेपाल इन्टरनेशनलको उद्यम सहजिकरण परियोजना अन्तर्गत उद्यम सहजीकरणका माध्यमबाट समाजमा अनुकरणीय बन्दै गएका उद्यमीका सफलताका कथा प्रस्तुत गर्दै आज पोखरामा उद्यम उत्सव मनाइएको छ ।

कार्यक्रममा उद्यमीहरूले हेफरको उद्यम सहजकर्ता मार्फत आँफूले नयाँ व्यवसाय सुरु गर्न तथा स्थापित व्यवसायमा आइपरेका समस्या सुझल्झाउन प्राप्त सहजीकरण सहयोग र सफलताका कथा सुनाएका थिए । उद्यम सहजीकरणसँगै व्यवसायिक दक्षता अभिबृद्धि र त्यसले व्यवसाय प्रति अझै लगाव बढाउने गरेका अनुभव उक्त अवसरमा सुनाइयो ।


कास्कीको भरतपोखरीकी कृषक जितु पुनमा व्यवसायिकताको इच्छा त थियो नै तर के गर्ने, कसरी गर्ने कुनै मेसोमेलो भने थिएन । अन्यौलताकै बीचमा उद्यमशिलताका क्षेत्रमा कृयाशिल संस्था हेफर इन्टरनेशनलको उद्यम सहजीकरण सहयोगसँगै आँफूले यतिखेर व्यवसायिक भैसीपालन सुरु गरेको पुनले बताइन् ।


“के गर्नु व्यवसायिक भैसी पालनको इच्छा त थियो, तर त्यसको बजारीकरण, वित्तीय व्यवस्थापन जस्ता कुरामा कुनै अनुभव थिएन,” उनले भनिन्, “उद्यम सहजीकरणका लागि सहयोग पाइए सँगै यतिखेर दुईवटा उन्नत जातका भैंसी पाली त्यसको दुध बजारमा पु¥याएर राम्रै आम्दानी गरेकी छु ।”
दैनिक ४८ लिटर दुध उत्पादन गर्दै आएकी पुनले यतिखेर सबै खर्च कटाएर मासिक २५ देखि ३० हजार रुपैयाँ आम्दानी गर्दै आएकी छन् ।

उद्यम सहजकर्ता सन्तोष थापाले आँफूहरूले उद्यमीलाई कुनै आर्थिक सहयोग नभै उद्यमशिलताका लागि उत्पादन, बजारीकरण र वित्तीय व्यवस्थापन सम्बन्धमा सहजीकरण गर्ने गरेको बताए ।


“व्यवसायिकताको विकासमा उत्पादन, बजारीकरण र वित्तीय व्यवस्थापन तीनवटै कुराले छुट्टाछुट्टै महत्व राख्दछ,” उनले भने, “यी तीनवटै कुरामा प्रतिवद्ध भई आउने जो कोही व्यक्ति वा संस्थाका लागि हामीले सहजीकरण गर्ने गरेका छौं ।”


उत्पादन, बजारीकरण र वित्तीय व्यवस्थापन तीनवटै विषय प्रभावकारी भएमा त्यसले व्यवसायिकतालाई सफल बनाउने कुरा आँफूले छोटो समयको अनुभवबाट प्राप्त गरेको बताउने पुनले बताइन् ।
पुनलाई उनका श्रीमान लोकबहादुरले बजारीकरणमा सहयोग गर्दै आएका छन् भने छोरीले वित्तीय व्यवस्थापनमा सहयोग गरेकी छन् । उद्यम सहजीकरणसँगै उत्साहित पुन यतिखेर पाँच वर्षे व्यवसायिक योजना बनाएर तत्काल पाँच वटा भैसी थप्ने र यस अवधिमा १० देखि १५ वटासम्म बढाउने लक्ष्यमा छन् ।
पुन जस्तै लाहाचोककै युवा उद्यमी प्रेमप्रसाद अधिकारी यतिखेर अरुका लागि पनि अनुकरणीय बनेका छन् । पैसा कमाउन मलेसिया पुगेका अधिकारी विरामी भएपछि उल्टो घरबाट डेढ लाख रुपैयाँ झिकाएर नेपाल फर्केका थिए ।
विदेश फर्के लगत्तै कुखुरापालन र तरकारी खेती गरे पनि उत्पादन, बजारीकरण र वित्तीय व्यवस्थापनमा तालमेल नमिलेपछि उहाँको व्यवसाय फस्टाउन सकेन उल्टो घाटामा जान थाल्यो ।
उद्यम सहजीकरणमा सहयोग प्राप्त भएसँगै पछिल्ला दिनमा व्यवसाय सफलता तर्फ अघि बढीरहेको र आँफू उत्साहित बनेको उनको भनाइ छ ।
त्यस्तै कास्कीको लाहाचोकमा पाँच वटा महिला समूहको सकृयातमा गठित प्रतिभा समाजिक उद्यमी महिला सहकारीले तरकारी लगायतका कृषिजन्य उत्पादनका माध्यमबाट आयआर्जन गर्दै आएको छ ।

यसैबीच हेफर इन्टरनेशनले आज पोखरामा आयोजित कार्यक्रममा उद्यम सहजकर्ता सन्तोष थापा, उद्यम सहजीकरणमा समन्वय एवम् सहयोग पु¥याएको भन्दै करुणा महत, सकुन्तला भुजेल लगायतलाई सम्मान गरिएको थियो ।


0 0 vote
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: