
युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा प्रदिप गुरुङ
भुटानबाट अमेरिकामा गई स्थायी रुपले उतै बसोबास गरिरहेका गुरुङहरुको साझा संस्था युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिका (युजीएसए)को दोस्रो राष्ट्रिय महाधिवेशन विविध कार्यक्रमसहित सम्पन्न भएको छ ।

महाधिवेशनले प्रदिप गुरुङलाई बहुमतका साथ अध्यक्षमा चयन गर्दे १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा एन.बी गुरुङ, एक्जुकेटिभ डिरेक्टरमा कर्ण गुरुङ, स्पोक पर्सनमा टेक गुरुङ र सदस्यहरुमा कर्ण गुरुङ (एटलान्टा जोर्जीया) राजेन्द्र गुरुङ, पदम गुरुङ, गोपाल गुरुङ, सुचिता गुरुङ, लाल गुरुङ, अर्जुन गुरुङ, भीम गुरुङ, देवीका गुरुङ, अमृता गुरुङ र अगोम गुरुङ रहेका छन् ।
जुलाई ५ र ६ तारिकमा अमेरिकाको विभिन्न राज्यका संघ संस्थाका व्यक्तिहरुको भव्य उपस्थितिमा आयोजना गरिएको दुईदिने कार्यक्रमको पहिलो दिनमा अमेरिकाको राष्ट्रिय गीत र गुरुङ ह्युल्सा गीतसँगै सुरु भएको थियो भने सास्कृतिक र सांगीतिक कार्यक्रमसँगै संस्थाको २ वर्षको प्रतिवेदन र संस्थाको आयव्यय प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो । दोस्रो दिनमा संस्थाको केन्द्रिय सदस्यहरुको चुनावसँगै पष्लन या कउष्अथ जबिि को भब्य कार्यक्रमबीच रोधीं नृत्य प्रतियोगिताको विजयीहरुलाई पुरस्कृत गरिएको थियो । प्रतियोगितामा बुद्वि गुरुङ प्रथम,पुष्पान्जली गुरुङ द्वितीय जेनिशा गुरुङ तुतीय भएका थिए । कार्यक्रमको आयोजना संयुक्त गुरुङ समाज अमेरिका र गुरुङ कम्युनिटी अफ क्यारोलिनाले गरेको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38