
मदन पुरस्कार-२०७५ का लागि ७ कृति मनोनयनमा
काठमाण्डौ – मदन पुरस्कार-२०७५ का लागि सात वटा पुस्तक (कृति) मनोनयनमा परेका छन् ।

मदन पुरस्कार गुठीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मनोनयनमा परेका सात ओटा कृतिको नाम सार्वजनिक गरेको छ । गुठीमा प्राप्त भएका २५७ कृतिहरुबाट उत्कृष्ट सात कृति छानिएको हो ।
मनोनयनमा परेका कृतिहरुमा सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’ र छुदेन काविमोको ‘फातसुङ’ रहेका छन् ।
त्यस्तै महेश थापाको ‘मरीचिका,’ योगेश राजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ उत्कृष्ट सातमा अटाएका छन् ।
मनोनयनमा परेका यी सात वटा कृतिमध्ये एकलाई २०७५ सालको मदन पुरस्कार प्रदान गरिनेछ । मदन पुरस्कारको राशी दुई लाख रुपैयाँ रहेको छ ।

आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38