
स्याङ्जाको गल्याङका कृषकहरु सामूहिक टिमुर खेती तर्फ आर्कषित
स्याङ्जा – सरकारले जग्गा बाँझो नराख्ने नीति लिएर अगाडि बढिरहेका बेला स्याङ्जाको गल्याङका कृषकहरुले बाँझो जग्गामा सामूहिक टिमुर खेती सुरु गरेका छन् ।

गल्याङ नगरपालिका– १० लाखुडाँडाका कृषकहरुले झाडी फाँडेर बाँझो जग्गामा सामूहिक टिमुर खेती सुरु गरेका हुन् ।
साढे १ हेक्टर बाँझो जग्गालाई सदुपयोग गर्दै टिमुर खेती सुरु गरिएको हो । स्थानीय लिला सारुले बाँझो जग्गाको सदुपयोग पनि हुने र आर्थिक उपार्जनसमेत गर्न सकिने भएकाले सामूहिक टिमुर खेतीमा लागेको बताउनुभयो । स्थानीय ५० घरधुरीले देवीभञ्याङ टिमुर व्यवसायिक कृषि समूह गठन गरी सामूहिक टिमुर खेतीमा जागरुक भएका हुन् ।
पछिल्लो समय वन्यजन्तुले अन्न बाली तथा फलफूल खाइदिने गरेकाले पनि टिमुर खेती आफूहरुको लागि लाभदायी हुने सारुको विश्वास छ । सारु भन्नुहुन्छ, ‘हामी टिमुर खेतीमा जागरुक छौँ । यसको संभावना देखिएकाले खेती सुरु गरेका हौँ ।’ अघिल्लो वर्ष वडामा ७ सय टिमुरका विरुवा परीक्षणका रुपमा लगाइएको र टिमुरका लागि चाहिने उपयुक्त हावापानी भएको अर्का कृषक लक्ष्मण शाहीले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘यो वर्ष हामीले २५ सय टिमुरका विरुवा रोप्न सुरु गरेका छौँ, लाखुडाँडामा रहेका ५० घरधुरी टिमुर खेतीका लागी समूहमा आवद्ध छन् ।’ टिमुर खेतीका लागि स्थानीय रुपमै नर्सरी बनाई विरुवा उत्पादनसमेत गरिएको शाहीले बताउनुभयो ।
स्थानीय युवा टेकबहादुर सिँजाली भन्नुहुन्छ, ‘बेरोजगार युवाहरुलाई कृषिका माध्यमबाट स्वरोजगार बन्न यस्ता कार्यक्रमले टेवा पुग्नेछ ।’
अन्य वडाभन्दा भौगोलिक विकटता रहेको –१० मा स्थानीयलाई कृषिबाटै समृद्ध बनाउने योजना रहेको वडाध्यक्ष ध्रुवप्रसाद शर्मा पंगेनीले बताउनुभयो । कृषि र पर्यटनको भरपुर सम्भावना रहेको लाखुडाँडामा स्थानीय समेत सामूहिक टिमुर खेतीमा सक्रिय देखिएको अध्यक्ष पंगेनीले बताउनुभयो ।
मानव जीवनमा टिमुर परम्परादेखि नै सर्वसाधारणले मसलाको रुपमा प्रयोग गर्दै आएको बहु उपयोगी र औषधीय गुण भएको एउटा महत्वपूर्ण फल हो । विशेष गरी अचार, सिस्नोको तरकारी, च्याउको परिकार बनाउँदा यसको मसला अनिवार्य जस्तै मानिन्छ । टिमुर दन्त मञ्जन, साबुन, अत्तरलगायतको सामग्री उत्पादनमा प्रयोग गरिँदै आइएको छ । (उज्यालो अनलाईनबाट)
आजको खबर

पोखरासंविधान दिवसको सन्दर्भमा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले बुधबार “संचारकर्मीसंग नेकपा (एमाले) “कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पार्टी सचिब तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले…
अझै पढ्नुहोस्Follow Us

एमाले गण्डकीको संचारकर्मीसंग नेकपा (एमाले) कार्यक्रम सम्पन्न
४ आश्विन २०८०, बिहीबार १२:३६
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38