
मादी गाउँपालिकामा कुनै पनि वेरुजु छैन ः अध्यक्ष वेदबहादुर गुरुङ
कास्कीको मादी गाउँपालिकाले आफनो गाउँपालिकामा कुनै पनि वेरुजु बजेट नरहेको स्पष्ट पारेको छ ।

ज्ञानेन्द्र शाही नाम गरेको व्यक्तिले सार्वजनिक स्थलहरुमा गाउँपालिकाको १० करोड ७७ लाख ४९ हजार वेरुजु रहेको भन्दै हिडेको भेटिएको अरु अन्य केहि व्यक्तिहरुले पनि सामाजिक सञ्जालहरुमा यस सम्बन्ध नकरात्मक भ्रम फैलाउने काम गरेको भन्दै गाउँपालिकाले आज विज्ञप्ती मार्फत यसमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ ।
गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ “मादी गाउँपालिकाको लेखा सम्बन्धी सम्पूर्ण विवरणहरु गाउँसभामा समेत छलफल भई सामान्य वेरुजु देखिएका कुुराहरु समेत असुल गरी गाउँपालिकामा सुरक्षित रहेको र सम्बन्धित सरोकारवालाहरुलाई सूचनाको हक समेत भएको यसै विज्ञप्ति मार्फत स्पष्ट पार्न चाहन्छु ”
सत्य तथ्य नबुझी कोहि कसैले वद्नियतपूर्वक गरिएको यस्ता अवास्तविक कुराहरुको हल्ला र प्रचार गर्नेहरुप्रति खेद प्रकट गर्दै गैह्र कानुनी कामहरु नगर्न सम्बन्धीत पक्षलाई सचेत समेत गराइएको छ ।
साथै गाउँपालिकाले यस्ता हल्लाकोपछि नलाग्न समेत सम्पूर्ण मादी गाउँपालिका बासीसँग आग्रह गरेको छ ।

आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38