
साउन १२ गते पोखरामा एकल राष्ट्रिय लोक नृत्य प्रतियोगिता हुने बिजेतालाई एक लाख पुरस्कार
लोकस्रष्टा साधक तथा शिल्पी स्व.कल्याण शेरचनको ७३औं जन्म जयन्ती आगामी साउन १२ गते पोखरामा विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने भएको छ ।

जन्म जयन्तीको अवसर पारेर कल्याण शेरचन स्मृति प्रतिष्ठान तथा साँस्कृतिक संस्थान काठमाडौंको संयुक्त आयोजनामा राष्ट्रिय खुल्ला एकल लोक नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ । महिला र पुरुष दुवै विधामा प्रतियोगिता सञ्चालन हुनेछ । पोखरा उद्योग वाणिज्य संघको सभाहलमा साउन १२ गते कल्याण शेरचनको ७३औं जन्म जयन्तीको अवसरमा कार्यक्रम आयोजना हुनेछ ।
प्रतियोगिताको विजेता कलाकारले प्रथम हुनेले १ लाख ११ हजार एक सय ११ र द्धितिय हुनेले ५० हजार ५ सय १५ तथा तृत्तीय हुनेले २५ हजार ५ सय १५ तथा सान्तवना हुनेले १५ हजार ५ सय १५ तथा उत्कृष्ट कोरियोग्राफरलाई नगद २५ हजार ५ सय १५ रुपैंया पुरस्कार प्रदान गरिने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजक कल्याण शेरचन स्मृति प्रतिष्ठानका अध्यक्ष क्या.पूर्णबहादुर गुरुङ ह्योल्मोले जानकारी दिनुभयो ।
प्रतियोगितामा बिजेता महिला कलाकारहरु र पुरुष कलाकारहरुले समान राशीको पुरस्कार पाउनेछ । प्रतियोगिताको लागि कलाकार छनौटको तयारी अन्तिम चरणमा पुगेको र यहि असार २८ गते प्रदेश नं. १ को धरानमा नगेन राइको संयोजकत्वमा धरान अडिशन हुनेछ भने
साउन ५ गते सन्दिप मण्डको संयोजकत्वमा प्रदेश नं २ को राजविराजमा अडिन हुनेछ भने साउन ४ गते सारदा सिलवालको संयोजकत्वमा प्रदेश नं ३ को अडिशन साँस्कृतिक संस्थान जमल काठमाडौंमा हुनेछ । यस्तै असार २८ गते गण्डकी प्रदेशको अडिशन थकाली सेवा समिति नदिपुर पोखरामा मेनकाजी गुरुङको संयोजकत्वमा हुनेछ ।
साउन २ गते प्रदेश नं ५ को अडिशन अनु रजकको संयोजकत्वमा बुटवलमा हुनेछ । साउन ६ गते कर्णाली प्रदेशको अडिशन कुलमान नेपालीको संयोजकत्वमा सुर्खेतमा हुनेछ ।
र असार २८ गते सुदर पश्चिम प्रदेशको अडिशन लिलाधर बास्कोटाको संयोजकत्वमा धनगढीमा हुने भएको छ ।
प्रत्येक प्रदेशबाट एक जना महिला कलाकार र एक जना पुरुष कलाकार छनौट भएर आउने छ भने गण्डकी प्रदेशको हकमा भने दुई जना महिला कलाकार र दुई जना पुरुष कलाकार गरि ४ जना कलाकारले फाइनल प्रतियोगितामा प्रतिश्पर्धा गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न २३ लाख ३६ हजार ३ सय ४२ रुपैंया खर्च हुनेछ भने ३५ लाख ८६ हजार ३ सय ४२ रुपैया आम्दानी हुने अनुमान गरिएको छ ।
प्रतियोगिता राष्ट्रिय खुल्ला एकल लोक नृत्य अन्तर ७ प्रदेश बीच हुनेछ भने नृत्य विशुद्ध नेपाली लोक गीतमा हुनुपर्ने आयोजकले जनाएको छ । नृत्य कम्तीमा ४ देखि ७ मिनेटसम्मको हुनुपर्नेछ भने सातै प्रदेशका कलाकार र नृत्य निर्देशकलाई खाना बस्न र यातायातको व्यवस्था आयोजकले गरेको छ । प्रतियोगितामा भाग लिनका लागि कलाकारको उमेर १६ देखि २५ वर्षभित्रको हुनुपर्ने छ ।
प्रतिष्ठानका अध्यक्ष क्या.पूर्णबहादुर गुरुङ ह्योल्मोको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव श्रीजंग गुरुङले गर्नुभएको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38