ताजा खबर

भदौ पहिलो साताबाट मादी डान्स आइडल सुरु हुने, फेसबुक मार्फत पनि अडिशन दिन सकिने

   २९ असार २०७६, आईतवार २३:१४      2,813 views

मादी गाउँपालिकाभित्रको क्षमतावान कलाकारलाई अवसर प्रदान गर्ने उद्देश्यले आदिम कला मञ्चको आयोजनामा प्रथम मादी डान्स आइडल हुनेभएको छ ।


आगामी भदौ महिनाको पहिलो हप्ताबाट मादी गाउँपालिकाको सबै वडाहरुमा आइडलको अडिशन हुने भएको छ । विशेष कारणबस प्रत्यक्ष अडिशनमा छुटेका सहभागिहरुले मादी डान्स आइडलको अधिकारीक फेसबुक पेजको इनबक्समा पनि आफनो डान्स भिडियो पठाएर सहभागि हुन सक्ने आयोजकले जनाएको छ ।


मादी गाउँपालिका भित्र जन्मेर स्थाई वा अस्थाई रुपले देशका विभिन्न भागहरुमा छरिएर लुकेर रहेका प्रतिभाहरुलाई प्रोत्साहन तथा उजागर गर्ने र कलाको महत्वबारे बुझाई कलाकारहरु उत्पादन गर्ने, गाउँपालिका भित्र जन्मिएर कलाकारतिाको माध्यमबाट राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न सफल एवम् स्थापित कलाकारलाई ग्राण्ड फिनालेमा सम्मान गर्ने, मादी गाउँपालिका भित्र रहेको लोक संस्कृति संरक्षणमा योगदान दिएका स्थानिय गुरु बा गुरु आमाहरुलाई सम्मान गरि स्रष्टाहरुको सम्मान गर्ने,

गाउँपालिका भित्र रहेको कला संस्कृति, मौलिक परम्पराको विकासमा क्रियाशील भई गाउँपालिकालाई विश्वभर चिनाउन कलाकारिताको माध्यमबाट निन्तर प्रयास गर्ने तथा गाउँपालिका भित्रको लोक संस्कृतिहरुको खोज अनुसन्धान गरि त्यसको अडियो भिडियो तयार पार्ने र प्रचार प्रसार गर्ने उद्देश्यले सो प्रतियोगिता आयोजना गर्न लागिएको आदिम कला मञ्चका सञ्चालक लब्सन गुरुङले आज पोखरामा आयोजिता पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।


आइडलको विजेताले नगद १ लाख आकर्षक अवार्ड शिल र फ्रेम सहितको प्रमाण पत्र प्रदान गरिने छ भने एक वर्षसम्म आइडल भत्ता स्वरुप मासिक २ हजार रुपैंया प्राप्त गर्ने छ साथै म्युजिक भिडियोमा खेल्ने मौका प्रदान गरिने छ ।


यस्तै फस्ट रनरअपले नगद ५० हजार आकर्षक अवार्ड शिल र फ्रेम सहितको प्रमाण पत्र तथा आर्कषक उपहार एवम् विभिन्न साँस्कृतिक कार्यक्रमहरुमा अवसर प्रदान गरिने छ ।
यस्तै सेकेन्ड रनरअपले नगद २५ हजार आकर्षक अवार्ड शिल र फ्रेम सहितको प्रमाण पत्र तथा विभिन्न आकर्षक उपहार प्राप्त गर्ने छ ।


यस्तै अनुशासित प्रतियोगीलाई नगद ३ हजार र प्रोत्साहन पुरस्कार नगद ३ हजार प्रदान गरिने छ । दर्शक प्रिय अवार्ड ३ हजार र उत्कृष्ट कोरियोग्राफी अवार्ड ५ हजार रुपैया प्रदान गरिने छ । उत्कृष्ट भेषभूषालाई ५ हजार र फाइनलिष्ट अवार्ड ७ जनालाई प्रदान गरिने छ । प्रतियोगिता सम्बन्धी विस्तृत विवरणको पोष्टर मार्फत हेर्न सकिने छ ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: