ताजा खबर

लायन्स क्लव अफ हिमालयनको पाँच दिने योग शिविर सकियो

   ३१ असार २०७६, मंगलवार १६:०३      1,003 views

लायन्स क्लव अफ हिमालयनद्धारा आयोजित पाँच दिने योग शिविर सम्पन्न भएको छ । योग शिविरमा सहभागी क्लवका अध्यक्ष देवि प्रसाद गुरुङले योग मानव जिवनका लागी निकै ठुलो सागर जस्तो रहेको बताउनुभयो ।

मानव स्वास्थ्य प्रवद्र्धनका लागी यस्ता प्रकारका कार्यक्रमहरु निरन्तर गर्न जरुरी रहेकामा उहाँले जोड दिनुभयो । लायन्स क्लवमा आवद्ध लायन सदस्यहरुका लागी समेत यो महत्वपुर्ण रहेको उहाँले उल्लेख गर्नुभयो ।


बगालेटोल तमु समाजका अध्यक्ष दिल बहादुर गुरुङले योगका कारण दिर्घकालिन जिवन जिउन सकिने र स्वस्थ समेत भईने भएकाले यसको प्रवद्र्धनमा स्थानिय सरकारहरु लाग्नु पर्ने बताउनुभयो । मानिसको जिवनमा योगका कारण स्वास्थ्य लाभ प्राप्त गर्न सकिने उहाँले तर्क गर्नुभयो । सवै उमेर समुहका मानिसहरुका लागी यसले फाईदा पुर्याउने भएकाले योगशिक्षामा समेत सोच्नुपर्ने बेला आएको उहाँले तर्क गर्नुभयो ।


पोखरा ८ बगालेटोल स्थित बगालेटोल तमु समाजमा गरिएको उक्त शिविर असार २६ देखी ३० गते सम्म चलेको थियो । शिविरमा योग प्रशिक्षक कमला नापित र मिना नापितले प्रशिक्षण दिनुभएको थियो । प्रशक्षिणका क्रममा योगका विभिन्न प्रकार र योग गर्ने तरिकाका बारेमा प्रशिक्षण गरिएको उहाँहरुले बताउनुभयो । शिविरमा तिन दर्जन भन्दा धेरैको सहभागीता रहेको थियो । पोखराका विभिन्न योगकेन्द्रहरुमा अहिले दैनिक हजारौ मानिसहरुले योग गर्ने गरेका छन् । योग मानिस हरेक मानिसका लागी आवाश्यक रहेकामा जानकारवालाहरुले तर्क गरेका छन् ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: