ताजा खबर

मुम्बईमा चारतले भवन भत्किँदा ४० जनाभन्दा बढी पुरिएकाे आश‌ंका

   ३१ असार २०७६, मंगलवार १६:०६      996 views

भारतको मुम्बईमा रहेकाेको डोंगरी इलाकामा मंगलबार बिहान केसरबाइ नाम गरेको एउटा चारतले भवन भत्किँदा झण्डै ४० जना पुरिएको आशंका गरिएको छ ।

स्थानीय दमकल विभाग र राष्ट्रिय विपद प्रतिक्रिया दल (एनडीआरएफ) समयमै घटनास्थल पुगेर उद्धारकार्य गरिरहेको जनाइएको छ । भवन रहेको गल्ली साँघुरो भएकाले उद्धारमा कठिनाइ भइरहेको छ भने मानिसहरुको लाइन बनाएर उद्धारकार्य गरिरहेका छन् । स्थानीयका अनुसार त्यो भवन एक सय वर्षभन्दा पनि पुरानो भए पनि जीर्ण अवस्थाको भने थिएन । त्यसैले यो भवन ढलिहाल्ला भनेर कसैले अनुमान गरेका थिएनन् ।

महानगरभित्र रहेका खतराजनक भवनहरुको सूची बनाउने बृहत मुम्बई कर्पोरेशन (बीएमसी)को सूचीमा पनि यो भवनको नाम समावेश थिएन । बीएमसीका अनुसार बिहान ११ बजेर ४८ मिनेट जाँदा डोंगरीको टांडेल गल्लीमा रहेको केसरबाइ नाम गरेको यो भवनको आधा भाग भत्किएको थियो ।

मुम्बइ र आसपासका क्षेत्रमा केही दिनयता घरीघरी रोकिँदै पर्दै गरेको वर्षा स्थानीयका लागि घातक सिद्ध हुन थालेको छ । पुने र मुम्बइका विभिन्न ठाउँमा वर्षाका कारण भएका घटनामा अहिलेसम्म ३० जनाको ज्यान गइसकेको छ ।  

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: