ताजा खबर

सुटुक्क गाडी लिएर घुम्न हिँडेका चार बालबालिका एक हजार किलोमिटर टाढा पक्राउ

   ३१ असार २०७६, मंगलवार १६:१६      1,185 views

क्वीन्सल्याण्ड । १० देखि १४ वर्षका चार बालबालिकाले करिब एक हजार किलोमिटरसम्म अभिभावक वा चालक विना आफैं गाडी चलाएर आफूखुशी यात्रा गरे भन्दा जो कोहीलाई अनौठो लाग्न सक्छ ।

अस्ट्रेलियामा भने यस्तै एक घटना प्रकाशमा आएको छ । १० देखि १४ वर्षका चार बालबालिका देश घुम्ने योजनासहित सुटुक्क एउटा मोटर लिएर आफूखुशी एक हजार किलोमिटर टाढा पुगेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार रकह्याम्पटनबाट मोटर लिएर हिँडेका उनीहरु दुई दिनपछि झण्डै एक हजार किलोमिटर टाढा रहेको न्यू साउथवेल्स पुगेका थिए । रकम भुक्तानीविना नै इन्धन भर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरी आउनासाथ उनीहरुले आफूलाई गाडीभित्रै बन्द गरेका थिए । ढोका खोल्न नमानेपछि मेकानिकको सहायतामा प्रहरीले ढोका खोलेर उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार तीन बालक र एक बालिकाको समूह उक्त गाडीमा फेला परेपछि सोधपुछ गर्दा उनीहरुले कार चोरेर हिँडेको पत्ता लागेको थियो । उक्त गाडी ती चार बालबालिकामध्येकै एकजनाको पिताको रहेको प्रहरीको भनाइ छ । उनीहरुले ‘पिकनिक’ शैलीमा आफूहरु घुम्न हिँडेको प्रहरीसमक्ष बताएका छन् । उनीहरुले आ–आफ्नो घरबाट केही रकम, खाना, माछा मार्ने रडजस्ता सामानसमेत चोरेर लगेका थिए ।

उनीहरुमाथि कस्तो आरोपमा के कारवाही हुन्छ भन्ने प्रष्ट भइसकेको छैन । (एजेन्सी)

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: