ताजा खबर

वर्षाले अवरुद्ध म्याग्दी-मुस्ताङ, घोप्टेभीर सडक खुल्यो

   ३१ असार २०७६, मंगलवार १६:२३      1,177 views

मुस्ताङ : लगातारको अविरल वर्षाले अवरुद्ध म्याग्दी-मुस्ताङ, घोप्टेभीर सडकखण्ड खुलेको छ । करिडोर सडकमा काम गर्दै आइरहेको डोजर, ब्रेकर मेशिन र मजदुरले २ दिनसम्म लगातार सडक मर्मत गरेपछि सडक संचालनमा आएको बेनी—जोमसोम सडकका सुपरभाइजर ईन्द्रसिंह शेरचनले जानकारी दिए ।

करिडोर सडक तथा मुस्ताङ र म्याग्दीका जनप्रतिनिधिहरुको पहलमा शनिबारदेखि सडक खुलाउन पहल गरिएपछि अस्थायी रुपमा एकतर्फि सडक ट्रयाक खुल्ला गरिएको सुपरभाइजर शेरचनले बताए । ट्रयाक खुल्ला भएपछि म्याग्दी र मुस्ताङको सिधा यातायात सेवा सूचारु भएको हो । 

सुपरभाइजर शेरचनका अनुसार साझ ५ बजेदेखि साना ठुला सबै सवारीसाधनलाई सहज हुने गरी सडक खुल्ने जानकारी दिए । शेरचनले भने,‘तत्कालै साना गाडी पास गर्ने गरी सडक खुल्ला गर्‍यौँ, अब केही बेरमा सबै काम सकिनेछ ।’

भासिएको म्याग्दी र मुस्ताङको सिमाना घोप्टेभीर सडक खुल्ला भएपछि मुस्ताङतर्फ आउने र मुस्ताङबाट म्याग्दी जाने गाडीहरु सडक क्रस गरेको शेरचनले जनाए । अबिरल वर्षाले सडक नदी कटान तथा सडक १२ मिटर  भासिएपछि शुक्रबारदेखि मुस्ताङतर्फको यातायात सम्पर्क अवरुद्ध भएको थियो । सडक अवरुद्धले सवारी तथा मुस्ताङ आउजाउ गर्ने यात्रुले सास्ती पाएका थिए । (अन्नपूर्ण पोष्ट दैनिकबाट)

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: