ताजा खबर

पोखरामा जारी राष्ट्रिय क्लब पुरुष लिग भलिबलमा एपिएफ अंक तालिकाको शिर्ष स्थानमा

   ५ पुष २०७५, बिहीबार ०७:०४      2,413 views


पोखरामा जारी चौथो आरबिबी एनभिए राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिताको शीर्षस्थानमा शसस्त्र प्रहरीको एपिएफ क्लब शीर्षस्थानमा उक्लेको छ । विभागीय टोली एपीएफले चौथो दिनको खेलमा हेल्प नेपालले एपिएफलाई वाक ओभर दिएको थियो ।
चौथो दिनको खेलमा हेल्प नेपालले नियम विपरित ४ जना विदेशी खेलाडी भित्राएपछि शसस्त्रले प्रोटेष्ट हालेको थियो । खेलको सुरुवातमा नै हेल्प नेपालले नियमभन्दा बाहिर गएर विदेशी खेलाडी टिममा भित्राएपछि अन्ततः एपीएफसँगको खेलमा वाक ओभर दिन बाध्य भएको नेपाल भलिबल सँघका वरिष्ठ उपाध्यक्ष याम गुरुङले बताए ।
हेल्प नेपालले वाक ओभर दिएपछि शसस्त्र ३ अंकको भाग्यमानी बन्दै लिग तालिकामा समेत विभागीय आर्मी र नेपाल पुलिसलाई पछि पार्दै एपीएफ शिर्ष स्थानमा उक्लिएको छ । उसले ५ खेलबाट १४ अंक जोडेको छ । यसअघि, बुधवारको खेलमा सशस्त्रको एपीएफले ढोरपाटनलाई हराउँदै ११ अंकका साथ दोस्रो स्थानमा उक्लिएको थियो । एपीएफले सोझो सेटमा ढोरपाटनलाई २५–१२, २५–२१ र २५–१५ ले लिदैं स्पष्ट तीन अंक जोडेको थियो ।

आर्मीले अर्को विभागी टोली नेपाल पुलिस र मणिमुकुन्द भलिबल क्बल रुपन्देहीलाई हराउँदै लिग चरणको दोश्रो स्थानमा पुगेको छ । आर्मीले पुलिसलाई सोझो सेट र मणिमुकुन्दलाई ३–२ को सेटमा हराउँदै ५ खेलबाट १२ अंकका साथ दोश्रो स्थानमा पुगेको छ । आर्मीले पुलिसलाई २५–१९, २५–२१ र २५–१५ को सेटमा हराउँदै लिगमा उक्लिने पुलिसको चाहनालाई बे्रक लगायो । आर्मी १२ अंकसहित दोश्रो स्थानमा छ ।
अर्को खेलमा त्रिभुवन आर्मी क्लबले मणिमुकुन्द भलिबल क्लब रुपन्देहीलाई पराजित गर्दै दुई अंक जोड्यो । बुधबार पोखरा रंगशालाास्थित कास्की जिल्ला भलिबल प्रशिक्षण केन्द्रमा आयोजित पहिलो खेलमा आर्मीले मणिमुकुन्दलाई पराजित गर्न पाँचै सेट खेल्न पुग्यो । पहिलो सेट १७–२५ ले गुमाएको आर्मीले दोस्रो आफनो पक्षमा पार्दै खेलमा फर्कियो । २६–२४ ले लिदैं खेलमा फर्किएपनि आर्मीले तेस्रो सेटमा पुग्दा लय गुमायो । २४–२६ कै अवस्थामा गुमाएको आर्मी चौथो सेटमा निकै दबावमा प¥यो । तर धैर्यता देखाउँदै आर्मीले चौथो सेट २५–९ मै खुम्चाएर बराबरीमा राख्यो । अन्त्यमा निर्णायक सेट पुरानै लय दोह¥याउँदै १५–२ ले जित्दै अंक तालिकाको खातामा दुई अंक जोड्यो ।
अर्को खेलमा नेपाल प्रहरी भने पाँच खेलबाट १० अंक छ । त्यसैगरी, बुधबार नै भएको अर्को खेलमा नयाँ बजार समाज क्लबले जाउलाखेल क्लबलाई सोझो सेटमा हरायो । नयाँबजार युथ क्लबले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई २५–१९, २५–१७ र २५–२१ मा हरायो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: