
नस्लवादीको टिप्पणी गरेको भन्दै राष्ट्रपति ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित
चार महिला सांसदमाथि नस्लवादीको टिप्पणी गरेको भन्दै अमेरिकी प्रतिनिधिसभाले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित गरेको छ ।

राष्ट्रपति ट्रम्पले गरेको टिप्पणी नस्लवादी भएको ठहर गर्दै संसद्ले खेद प्रस्ताव पारित गरेको हो ।
१ सय ८७ जना डेमोक्रयाटिक सदस्य रहेको प्रतिनिधिसभाबाट यो प्रस्ताव २ सय ४० मतले पारित भएको हो ।
यसको मतलव संसद्का अन्य सदस्यले पनि यो प्रस्तावको समर्थन गरेका छन् । खेद प्रस्ताव पारित भए पनि यसको कुनै कानुनी वैधता रहँदैन ।
‘द स्क्वाड’ को नामले परिचित डेमोक्र्याटिक पार्टीका प्रगतिशील धारका चार महिला नेतृ एलेक्सान्ड्रिया ओकासिओ–कोर्तेज, रशिदा तलाइब, एयाना प्रेसली र इहान ओमारलाई लक्षित गर्दै राष्ट्रपति ट्रम्पले गरेको ट्वीटको ब्यापक आलोचना भइरहेको छ ।
अधिकांशले ट्रम्पलाई नस्लवादी भएको आरोप लगाएका छन् । तर राष्ट्रपति ट्रम्पले भने आफू नस्लवादी नभएको बताएका छन् । ट्रम्पले चार महिला सांसदलाई अमेरिका छाड्न सुझाव दिएका थिए ।
आफूले गरेको ट्वीटको चर्को आलोचना भएपछि राष्ट्रपति ट्रम्पले त्यो ट्वीट नस्लवादी नभएको र आफू पनि नस्लवादी नभएको जिकिर गरेका थिए । (एजेन्सी)
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38