ताजा खबर

छाउपडी प्रथाको प्रभाव घट्दै, चेतनामूलक कार्यक्रम प्रभावकारी

   १ श्रावण २०७६, बुधबार १०:३१      876 views

बझाङ । बझाङमा लामो समयदेखि जरा गाड्दै आएको छाउपडी प्रथा उन्मूलनको दिशामा गएको छ ।

सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको चेतनामूलक कार्यक्रम प्रभावकारी सावित हुँदै गएपछि कुप्रथाको रुपमा रहेको छाउपडी विस्तारै हट्न थालेको हो ।

छाउपडी प्रथाकै कारण कयौं महिलाले अनाहकमा ज्यानसमेत गुमाउनु परेपछि महिलाहरु नै यस प्रथाको विरोधमा लागेपछि यसको प्रभाव घट्न थालेको हो ।

छाउपडी प्रथाको केन्द्रजस्तै मानिने सुदुरपश्चिम प्रदेशको बझाङमा यसको प्रभाव घट्न थालेको छ ।

गत शुक्रबार बझाङको बुंगल नगरपालिकालाई सुदुरपश्चिममै पहिलोपटक छाउगोठमुक्त भएको घोषणा गरिएसँगै यसको प्रभाव घट्न थालेको देखिएको हो ।

महिनाबारी तथा छाउ भएको बेला घरभन्दा टाढा बस्नुपर्ने दूध दही घिउ खान नहुने धारा छुन नहुने नियमहरु अहिले हटेको महिला स्वयंसेविका अम्बरादेवी कुँवरको भनाइ छ ।

एक बर्ष पहिलेसम्म छाउ भएको बेलामा छात्रा र शिक्षिका विद्यालयमा अनुपस्थित हुने गरेका थिए ।

नजिकै भवानी र मसानीको मन्दिर भएका कारण स्कूल आउन डराउने गरेको तर अहिले भने विद्यालयमा आउन थालेको छात्रा सविता सिंह बताउँछिन् ।

छाउपडी प्रथा विस्तारै हटिसकेका कारण रजस्वला भएका बेलामा महिलाहरुले ठूलो कष्टको सामना गर्नुपरेको छैन ।

नयाँ पुस्ताका किशोरीबाट यस्तो कुप्रथाको विरोध हुँदै आएका कारण अहिले नगरपालिका छाउगोठमुक्त बनाउन सफल भएको किशोरी संजालकी अध्यक्ष रमिता सिहँ बताउँछिन् ।

बुंगल नगरपालिका मात्र होइन जिल्लाका अन्य स्थानमा पनि अहिले यसको जरो उखेलिन थालेको छ ।

स्वयं महिलाहरु नै यस प्रथाको विरुद्धमा उठ्न थालेपछि प्रभाव घट्दै गइरहेको छ ।

विभिन्न सचेतनामूलक कार्यक्रममार्फत् यसलाई हटाउन सफल भएको बुंगल नगरपालिकाका मेयर धनबहादुर विष्टको भनाइ छ ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: