ताजा खबर

क्लेपद्धारा १ सय ६६ बालबालिकाहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण

   १ श्रावण २०७६, बुधबार १९:४९      1,208 views

पोखरा उद्योग वाणिज्य संघ, बालश्रम न्युनिकरण कार्यक्रमको आयोजना तथा सामाजिक विकास मन्त्रालय तथा पोखरा महानगरपालिकाको सहयोगमा श्रम तथा जोखिममा रहेका १ सय ६६ जना बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।


बुधबार एक कार्यक्रमका बिच पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेष नारायण पौडेलको प्रमुख आतिथ्यतामा यस शैक्षिक बर्ष–२०७६ मा भर्ना गरिएका बालबालिकालाई पोशाक तथा शैक्षिक सामाग्री प्रदान गरिएको हो ।


कार्यक्रममा बोल्दै पौडेलले नेपाल हरेक विषयमा अब्बल रहेतापनि त्यस अनुरुप परिचालन हुन नसकेको औल्याउनुभयो । उहाँले जिन्दगी भरी नै सुख देख्न चाहेर मात्र नहुने भन्दै सफल हुनका निम्ति सोही अनुसारको परिश्रम पनि जरुरी रहेको बताउनुभयो । संगत अनुसारको प्रतिफल हुने तर्क राख्दै पौडेलले बालबालिकालाई सही मार्गदर्शनमा प्रेरित गराउनका निम्ति महानगरले यस्ता कार्यक्रमको निरन्तरतालाई जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सोही अवसरमा बोल्दै सामाजिक विकास मन्त्रालयका सामाजिक महाशाखा प्रमुख जमुना पौडेलले “समृद्ध नेपाल सुखी नेपाली” को अवधारणालाई आत्मसाथ गर्दै अगाडी बढेको नेपालमा गुणस्तर जनशक्तिको आवश्यकता तिनै तहलाई रहेको बताउनुभयो । उहाँले स्वयंममा परिवर्तन गर्न आवश्यक रहेको भन्दै बालबालिकासँग केन्द्रित रहेर विभिन्न कार्यक्रम संचालन गर्न सामाजिक मन्त्रालय तत्पर रहेको बताउनुभयो ।


क्लेपका अध्यक्ष राजेन्द्र कुमार लालचनले व्यापारीको छाता संगठन रहेको यस संस्थाले विगत २० बर्ष देखि बालश्रम विरुद्धको अभियानमा लागि परेको बताउनुभयो । उहाँले पोखरा महानगरपलिकाको सहयोगबाट बालश्रम ७५% भन्दा अधिक न्युनिकरण भएको तर पुरै निर्मुल पार्न भने नसकेको जानकारी दिनुभयो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: