
अष्ट्रेलियाका चर्चित विश्वविद्यालयको जमघट पोखरामा
अष्ट्रेलियाका १२ प्रसिद्ध विश्वविद्यालयको जमघट शुक्रबार पोखरामा हुने भएको छ । प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीको आयोजनामा हुने अष्ट्रेलियन हाइयर एजुकेसन फेयर’ मा चर्चित विश्वविद्यालयका प्रतिनिधि आउने भएका हुन् ।

कन्सल्टेन्सीको पोखरा शाखाले बुधबार पत्रकार सम्मेलन गरी न्युरोडको सिटी स्क्वायर ब्यांक्वेट एजुकेसन फेयर सञ्चालन गर्ने जनाएको छ । कन्सल्टेन्सीका अनुसार फेयरमा अस्ट्रेलियन क्याथोलिक, करट्रिन, इडिथ काउन, इडुको साउदर्न क्रस, आइसीएमएस, लाट्रोब, मेक्यूरी, नाबिटास, युनिभर्सिटी अफ न्यू इग्ल्यान्ड, युनिभर्सिटी अफ साउदर्न अस्ट्रेलिया, युनिभर्सिटी अफ साउदर्न क्विन्सल्यान्ड लगायत विश्वविद्यालय सहभागी हुनेछन् ।
कन्सल्टेन्सीका निर्देशक किशोर परियारका अनुसार मेलामा प्रवेश र रजिस्टे«सन निःशुल्क रहेको छ । विश्वविद्यालयका प्रतिनिधिसँग विद्यार्थी र अभिभावकले प्रत्यक्ष भेट गर्न पाउँछन् । विद्यार्थीले विश्वविद्यालयका प्रतिनिधिसँग एक्लाएक्लै परामर्श लिन पाउनेछन् । फेयरमै विद्यार्थीको मूल्यांकन हुने छ । योग्य विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था छ । फेयरमा रजिस्टे«सन गर्ने विद्यार्थीलाई आईईएलटीएसमा ६० प्रतिशत छुटको व्यवस्था गरिएको छ । मेलाका सहभागीले विशेष गिफ्ट भौचर प्राप्त गर्नेछन् ।
निर्देशक परियारले अष्ट्रेलियाको प्राविधिक शिक्षा, अध्ययन सकिएपछि विद्यार्थीले पाउने पीएसडब्लु (पोस्ट स्टडी वर्क), सँगसँगै स्थायी बसोबासकोे अनुमति लिनका लागि पीआर (परमानेन्ट रेसिडेन्सी) एप्लाई गर्ने अवसरले अष्ट्रेलिया विद्यार्थीको पहिलो रोजाइ भएको बताए । ‘विद्यार्थीले आफूले पढ्न चाहेको विश्वविद्यालय छान्न पाउनु उनीहरुको अधिकार हो । विश्वविद्यालयको बारेमा यथेष्ट जानकारी पाएपछि मात्रै उनीहरुले निर्णय लिन सक्छन्,’ उनले भने, ‘यसैलाई मध्यनजर गर्दै प्रोफेसनलले एजुकेसन फेयर आयोजना गरेको हो ।’ प्रोफेसनलले विद्यार्थीलाई विदेश जान सहजीकरण मात्रै नगरी उनीहरुको शैक्षिक तथा आर्थिक अवस्थालाई शुक्ष्म रुपमा अध्ययन गरेर मात्र परामर्श दिने उनले सुनाए ।
‘हामी विद्यार्थीलाई नेपालमा मात्र परामर्श र सल्लाह दिँदैनौं, अष्ट्रेलिया पुगिसकेपछि पनि उत्तिकै सहयोग र साथ दिन्छौं,’ उनले भने, ‘अध्ययनका लागि विभिन्न मुलुकमा जान आवश्यक भिसा प्रक्रिया, परामर्श, कागजात तयारी, एयरपोर्ट पिकअप र प्रस्थानपछि चाहिने मार्गनिर्देशन कन्सल्टेन्सीले गर्छ ।’
२६ वर्षअघि स्थापित प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीको पोखरा शाखा चिप्लेढुंगामा सन् २०१६ मा स्थापना भएको हो । काठमाडौंको नयाँ बानेश्वरमा प्रधान कार्यालय रहेको कन्सल्टेन्सीको शाखा महाराजगन्ज, पाटन, पोखरा, चितवन र भक्तपुरमा छन् । यही फेयर बुधबार काठमाडौंमा भएको छ । बिहीबार चितवनमा हुँदै छ । प्राफेसनलको शाखा अस्ट्रेलियाको सिड्नी र मेलबर्नमा समेत रहेको छ । भारतको उत्तरप्रदेशमा रहेको नोयडा र बंगलादेशको राजनधानी ढाकामा समेत शाखा सञ्चालनमा छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38