
बिदेशको प्रविधी अब नेपालमा, पानी तताउन र कोठा न्यानो गर्न थर्मल प्रविधी उपयूक्त
यूरेपियन मुलुकहरुमा पानी तताउन र कोठा न्यानो गर्न थर्मल प्रविधीको प्रयोग अत्याधिकनै हुने गर्छ । अब त्यही प्रविधी नेपालमा नै पाइने भएपछि घरायसी प्रयोग मात्रै नभई विशेष गरि होटल ब्यवसायी यो प्रविधीबाट लाभान्वित हुने भएपछि निकै उत्सुक देखिएका हुन ।

यो प्रविधी बेलायतमा बसेर विगत दुई दशकदेखि यहि पेशा अंगाल्दै अएका धनु थकाली र जगन गुरुङको जोडीले पोखरामा डि एण्ड जे कम्पनीका माध्यमबाट भित्राएपछि होटल ब्यवसायीहरु समेत निकै लाभान्वितहुने भएकाहुन ।

धनु र जगनको प्रयासले बेलायतीहरुले लामो समय देखि कोठा तताउने मात्रै नभई नुहाउन, भाँडा धुनसमेत कम खर्चमा बातावरण मैत्रीप्रविधी अब नेपालीहरुले समेत प्रयोग गर्न पाउने भएका छन ।धनु र जगनले नेपालमा यो ब्यबसाय करिब तिन वर्ष अघिदेखि परिक्षणका रुपमा सुरु गरे पनि अब नेपालमा यसलाई व्यवसायिक रुप दिने भएका छन ।
‘उतैको सामान किनेर राख्दा प्रविधी मंहगो हुन्छ त्यही भएर नेपाली सुहाँउदो र खर्चले पनि धान्नसक्ने हिसाबले यो प्रविधीभित्रयाएकाहांै’ थकालीले भने । उनले चार वटा कोठाका लागि करिब २ लाख ५० हजार देखि ३ लाखखर्च लाग्ने बताए । अहिले यो प्रविधीपोखराको टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेज, पोखरा र काठमाडौ केही घरहरुमा परिक्षणका रुपमा शुरु गरिएको थकालीले जानकारी दिए ।
‘हामीले जहाँजहाँ यो काम गरेका छौ हाम्राग्राहक सदस्यहरु निकै खुसी हुनुहुन्छ जसकाकारण हामीनिकै हौसिएकापनि छौ’थकालीले भने । उनले नेपालकालागि केहीदक्षकामदार संगै यो प्रविधीलाई अझै शुलभबनाउनप्रयासरत रहेको पनिउनले बताए । सो बारे जानकारी दिनपोखरामाआयोजित एक कार्यक्रममाकास्की अन्नपूर्ण गाउँपालिका स्थित छुम्रुङकाहोटल ब्यबसायी हरु समेत निकै उत्साहित देखिए ।

कार्यक्रममा सहभागिभएकामध्ये एक सोही ठाउँमा होटल ब्यवसाय संचालनगर्दै आएका राजकुमार गुरुङले भने–‘छुम्रुङ निकै चिसो ठाउँ भएको र गिजरको प्रयोग मंहगो र भरपर्दो समेत नभएकाले यो प्रविधी देखेपछि निकै खुसीलाग्यो ।’अर्का सहभागीहोटल ब्यवसायीकुन्जु गुरुङले कोठा तताउन मट्टितेलको हिटर प्रयोग गर्दा गन्धआउने भएकाले विदेशीपर्यटकले मन नपराउने त अर्को तिर अन्नपूर्ण संरक्षण क्षेत्र भएकाले दाउरा समेत बाल्ननपाइने कारणले पनि यो प्रविधीनिकै सहजहुने बताए । कार्यक्रममा सहभागिभएकामध्ये एक व्यवसायी सविताआचार्यले गिजर र सोलारको प्रयोग मंहगो र भरपर्दो नरहेकोले होटल ब्यवसायीलाई निकै समस्या परिरहेको बताइन ।
उनले भनिन–‘छुम्रुङ जस्तो चिसो ठाउँको लागि यो थर्मल प्लान्ट निकै भरपर्दो लाग्यो ।’कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वडा नं ११ काअध्यक्षहिम गुरुङले सहभागिताजनाउँदै यो पानीतताउन र कोठा न्यानो बनाउन यो प्रविधी राम्रो रहेको धारणा राखे । के हो त थर्मल प्रविधी? वर्षौ देखि यूरोप र विशेष गरि विकसित देशहरुमा घर–घरमाप्रयोग हुँदै आएको यो प्रविधीहो । खानापकाउने एलपिजीग्यासको माध्यम बाट सजिलो संग कोठा तताउन र नुहाउनकालागितातो पानी संगै आउने हुनाले यो प्रविधीनिकै सजिलो र वातावरण मैत्री मनिन्छ । यो प्रविधी सेन्ट्रल हिटिङ सिष्टम बाट पुरै घरकाकोठाहरु, भान्छा कोठाहरुमा न्यानोपन दिननिकै सजिलो छ । सेन्ट्रल हिटिङ सिस्टेम र वाटर हिटिङ प्रविधी शुरुमा राख्दा केहीमंहगो जस्तो देखिने भएपनिप्रयोगकाहिसाबले सस्तो हुने थकाली बताउँछन । बेलायतीहरु बाताबरण मैत्रीका सामाग्रीप्रयोगकालागि सचेत भएकाकारणले पनि यो प्रविधी बेलायतलगाएत यूरोपेलीमुलकमानिकै चर्चित रहेको उनको भनाइ छ ।
यो खास गरि बिरामी, केटाकेटी र वृद्ध–वृद्धाका लागिनिकै उपयोगीहुने थकालीले स्पष्ट पारे । धारा बाट आएको चिसो पानीलाई मेसिनमाभएको सेन्सरले तातो गराउने काम गर्छ । मेसिनभित्रको पानीतातो भए पछि कोठाको वायुमण्डलमा फैलिन्छ र मेसिनमाआफूले चाहेको तापक्रमअनुसार मिलाउन सक्ने गरि सुइचहरु समेत राखिएको छ । वाटर वोइलर हिटर जुनएकदमै शुरक्षित छ यसले ३५ देखि ६० डिग्री सेल्सियस सम्मतापक्रम दिन्छ ।
आजको खबर

पोखरासंविधान दिवसको सन्दर्भमा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले बुधबार “संचारकर्मीसंग नेकपा (एमाले) “कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पार्टी सचिब तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले…
अझै पढ्नुहोस्Follow Us

एमाले गण्डकीको संचारकर्मीसंग नेकपा (एमाले) कार्यक्रम सम्पन्न
४ आश्विन २०८०, बिहीबार १२:३६
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38