ताजा खबर

गण्डकी प्रदेश प्रमुखद्वारा छाङछाङदीको छायाँक्षेत्र शिव मन्दिर दर्शन

   ७ श्रावण २०७६, मंगलवार ०९:०६      1,476 views

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले भिरकोट नगरपालिका वडा नं. ७ छाङछाङदी स्थित छाङछाङदी शिब मन्दिरको दर्शन गरेका छन् । साउनको पहिलो सोमबार उनले मन्दिर दर्शन गर्नुका साथै विधिपूर्वक पूजाआजा गरेका हुन् ।

मन्दिर दर्शनपछि प्रदेश प्रमुख कुवँरले छोटो मन्तव्य दिँदै मान्छेलाई आफू ठूलो र सानो भन्ने भ्रम भएकाले समभाव राख्न सके मात्रै सफल भइने बताए । उनले मान्छेमा धार्मिक मन नभएकाले अंहकारी सोच पलाउनले र थाहै नपाई गलत काम गर्ने प्रबृत्ति बढेको विचार व्यक्त गरे ।

‘विधि मान्ने मान्छेले मौका पाए भने विधिलाई तोड्न सक्छ, तर धार्मिका मान्छेले मौका पाओस् नपाओस् धर्म छाड्दैन’ उनले भने,‘त्यसैले धर्म नछाडी देशको सेवा गरे मात्रै समृद्धी आउँछ । धर्मले मान्छेलाई सही काम गर्न प्रेरित गर्छ ।’

उनले आध्यात्मप्रति रुची भएकाले अन्य मन्दिरमा जस्तै छाङछाङदी (छायाँ क्षेत्र)शिब मन्दिरमा दर्शन गर्न पुगेको सुनाए । ‘अविभावकका हैसियतले प्रदेशवासीको सुस्वास्थ्य, दिर्घायुको कामना सहित पूजाआजा गर्नु मेरो कर्तव्य पनि हो’ प्रदेश प्रमुख कुँवरले भने ।

गण्डकी प्रदेशमा छाङछाङदी शिव मन्दिरको ठूलो महिमा रहेकाले यसको दर्शन गर्न पाउनु आफ्ना लागि शौभाग्य भएको उनले बताए । त्यस अवसरमा प्रदेश प्रमुख कुँवरलाई छायाँक्षेत्र शिवमन्दिर सेवा समितिका पदाधिकारीले फुलमाला लगाएर स्वागत गरेका थिए । मन्दिरमा साउन महिनाको हरेक सोमबार दर्शनार्थीको भिड लाग्छ भने शिवरात्रीका बेला विशेष मेला लाग्ने गर्छ ।

सोही अवसरमा प्रदेश प्रमुख कुँवरसहित उनको टिमले स्याङजाको मिर्मिस्थित गण्डकी प्रदेश मात्र नभई देशकै ठूलो जलविद्युत परियोजना कालिगण्डकी ‘ए’ को ड्याम र बेलटारिस्थित कालिगण्डकी ‘ए’ जलविद्युत केन्द्रको बिद्युत गृहको अवलोकन समेत गरेका थिए ।

प्रदेश प्रमुख कुँवरलाई कालिगण्डकी ‘ए’ जलविद्युत केन्द्र बिद्युत गृहका प्रमुख राजेश पाण्डले विद्युत वितरण, यसको संचालन प्रक्रिया लगायतबारे जानकारी गराएका थिए । यहाँबाट १ सय ४४ मेगावाट विद्युत उत्पादन हुने गर्छ ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: