ताजा खबर

भलाम स्थित हरिहर गुफामा पहिलोपटक कलशयात्रा सहित वोलवम मनाइयो

   ७ श्रावण २०७६, मंगलवार ०९:१२      883 views

पोखराको भलाम स्थित हरिहर गुफा आश्रममा पहिलोपटक बृहत रुपमा वोलवम मनाइएको छ । पोखरा महानगरपालिका वडा नम्बर २० को संयोजन र हरिहर गुफा आश्रमको आयोजनामा पहिलो पटक कलश यात्रा सहित बोलवम मनाइएको हो ।

पोखराको कालीखोला र सेती नदीको दोभान स्थल रिठेघाट घाट त्रिवेनीधामबाट मुडुलो चौतारो, भलामखोला मोटरेबल पुल, चण्डी देउराली हुदै कलश यात्रासहित भक्तजनहरु हरिहर गुफा परिसरमा पुगेका थिए । भक्तजनहरुले पञ्चेवाजा, भजनकृतन, जल कलश यात्रा सहिती सेती नदीको जल लिएर हरिहर गुफा आश्रम परिसरमा रहेको शिवलिङमा जल चढाएका थिए ।


पहिले पहिले मन्दिरमा जल चढाएर पुजाआजा गरिदै आएको भएतापनि यो वर्षदेखी पोखरा महानगर वडा नम्बर २० को संयोजनमा सेती नदी र कालीखोलाको संगम स्थल रिठेघाटबाट कलशयात्रा गरी हरिहरगुफा परिसरमा पुगी वोलवम मनाइएको आश्रमका कार्यवाहक अध्यक्ष अर्जुन बहादुर खत्रीले जानकारी दिए । खत्रीका अनुसार साउनको चार वटै सोमबार वोलवम यात्रा गरिने छ ।

पोखरा महानगरपालिका वडा नम्बर २० मा धार्मिक पर्यटन भित्रयाइ एकमात्र पुरानो धार्मिक स्थल हरिहर गुफाको प्रचार प्रसार र महत्वको बारेमा जानकारी दिनका लागी पहिलो पटक वोलवमको आयोजना गरिएको वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले वताए । वडा नम्बर २० विभिन्न सम्भावना वोकेको वडा भएतापनि महानगरले त्यति ध्यान नदिइरहदा स्थानिय स्तरबाटै हरिहर गुफाको प्रवद्र्धनका लागी यो पटक देखी साउने सोमबारलाई वोलवम पर्व मनाउन लागिएको उनको भनाइ रहेको थियो ।


हरिहर गुफामा वोलवम मनाउनका लागी पोखराको दीप, बगर, लामाचौर, घार्मी, भलाम, फुलबारी, काँहु, मौजा, मोहोरिया लगायतका ठाउका भक्तजनहरुको बाक्लो उपस्थिती रहेको थियो ।

0 0 vote
Article Rating

आजको खबर

कास्कीको मादी गाउँपालिका वडा नं. १ खिलाङ निवासी खेलाडी टेकेन्द्र गुरुङले ५० वर्ष भन्दा मुनिको पुरुष तर्फको पवार लिफटिङ खेलमा ५६० केजी तौल उचालेर प्रथम

अझै पढ्नुहोस्

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: