
बाबा

रोशनी गुरुङ
हजुरले परदेशमा हुँदा हामीलाई सम्झेर पठाउने
जस्तै मायालु चिठीहरु
अहिले परलोकबाट पठाउन मिल्दैन र बाबा ?
ऊ बेला घर परिवारबाट टाढा हुँदा
परिवारको यादहरुले सताई रहने त्यो मनभित्र
अहिले हाम्रो लागि
सम्झनाका कुनै पल बाँकी छैन र बाबा ?
यदि हाम्रो लागि थोरै पनि यादहरु बाँकी छ भने
हामीलाई हजुरको आवश्यकता हुँदा
हजुरको यादहरुले चरम सिमा नाघदा
किन हामीलाई सम्झेर घर आउनु भएन बाबा ?
सबैका बाबाहरु परदेशबाट घर फर्किन्छन
जागिरबाट घर फर्किन्छन
मेलापातबाट घर फर्किन्छन
हजुर कहिले र कहाँबाट घर फर्किनु हुन्छ बाबा ?
मान्छे बस्ने लोकदेखि पितृ बस्ने परलोक जोडने
कुन राजमार्ग, रेलमार्ग वा हवाई मार्ग छ र यो संसारमा ?
कुनैदिन त्यो मार्ग पत्ता लाग्यो भने
हजुरको याद आउँदा
हजुरलाई मन पर्ने मिठोमिठो खानेकुरा लिएर
हजुरलाई भेटन अवश्य आउने छु बाबा
आजको खबर

नेपाल टेलिभिजनबाट प्रशारित पहिलो गायन रियालिटी शो नेपाल स्टार जारी छ । कार्यक्रम फाइनल चरणमा पुगिसकेको छ । फाइनल प्रतिस्पर्धा नजिकिंदै छ । उपाधि दौडमा…
अझै पढ्नुहोस्
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले देशले स्थायी शान्ति, राजनैतिक स्थायित्व र समृद्धि चाहेको बताउनुभएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेशले…
अझै पढ्नुहोस्Follow Us

देशले राजनैतिक स्थायित्व र समृद्धि चाहेको छ : प्रदेश प्रमुख शेरचन
५ माघ २०७७, सोमबार १२:२२

वाइ वाइ नेपाल स्टारकी फानलिष्ट एलिना गुरुङ पोखरामा : ‘गीत गाएरै सबैको मन जित्छु’
५ माघ २०७७, सोमबार १२:४६
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38