ताजा खबर

पोखरामा नाटक ‘मुनामदन’ मञ्चन हुँदै

   ७ श्रावण २०७६, मंगलवार १६:५२      1,459 views

राजाराम पौडेल । पोखरा थिएटरको गन्र्धव नाटकघरमा नाटक ‘मुनामदन’ मञ्चन हुँदैछ । विराट आदर्श साहित्यिक मञ्चको प्रस्तुतीको यो नाटक साउन १० गते देखि साउन १८ गतेसम्म पोखरामा मञ्चन हुनेछ ।

जसको लागि कलाकारसहित १५ जनाको टिम पोखरा आइसकेको छ । पोखरा आएका कलाकारहरु यतिबेला रिर्हसलमा ब्यस्त छन् ।

महाकवि लक्ष्मिप्रसाद देवकोटाको खण्डकाब्य मुनामदनमा आधारित यो नाटकमा सरु कटुवाल, लकेश दंगोल, अनु श्रेष्ठ, निराशा ढुंगेल, सन्देश बाराकोटी, नवराज नेपाल, मिलन चाम्लिङ, नवराज गिरी, एन्जल बस्नेत, नुना कट्टेल र आशुतोष कोइरालाको अभिनय रहनेछ ।

नाटकको निर्देशन सविन कट्टेलले गर्दैछन् । नाटकको नाट्य रुपान्तरण कटुवाल दिपकले गरेका हुन् । विवेक आचार्य र नगेन्द्र खड्काले व्यवस्थापकको जिम्मा पाएका छन् ।

हरेक साँझ ५ बजे मञ्चन हुने नाटक शनिबार अतिरिक्त सो मार्फत दिउँसो १ बजे र बुकिङ सो मार्फत थप मञ्चन हुनेछ । विराटनगरको विराट आदर्श साहित्यिक मञ्च नाटक मञ्चनका लागि पहिलोपटक पोखरा आएको हो ।

नाटक हेर्न तीन सय र पाँच सय रुपैयाँको टिकट काट्नुपर्नेछ । विद्यार्थीको हकमा दुई सय रुपैयाँ शुल्क लाग्नेछ । पोखरेली दर्शकको माया र साथ पाउनेमा आफु आशावादी भएको नाटकका निर्देशक सविन कट्टेलले बताए । यसअघि यो नाटक विराटनगर र काठमाण्डौमा मञ्चन भइसकेको विराट आदर्श साहित्यिक मञ्चका अध्यक्ष कटुवाल दिपककले जनाए ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: