ताजा खबर

गुल्मीमा पहिरोमा परेर एकै घरका ८ सहित १० जनाको मृत्यु, दुईजना बेपत्ता

   ७ श्रावण २०७६, मंगलवार १६:५९      2,219 views

गुल्मी । गुल्मीमा पहिरोमा परेर मृत्यु हुनेको संख्या दश पुगेको छ । पहिरोमा परेर एकै घरका ८ जनाको मृत्यु भएको छ ।

अविरल बर्षा सँगै आएको पहिरोले घर बगाउँदा जिल्लाको सत्यवती गाउँपालिकाको वडा ३ ठूलोलुम्पेक र वडा ४ लिम्घामा मृत्यु हुनेको संख्या दश पुगेको हो ।

दुई जना बेपत्ता छन् । जिल्लाको सत्यवति गाउँपालिका का २ वटा वडामा पहिरोले घर पुरिँदा १० जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

सत्यवति गाउँपालिकाको लिम्घामा ८ जनाको र ठुलो लुम्पेकमा २ जनाको मृत्यु भएको हो । सत्यवति गाउँपालिका वडा नम्बर ४ को लिम्घामा एकै घरका ८ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा ६५ वर्षिया छल्ली विक, २८ वर्षिया पम्फा विक १२ वर्षिया अंजली बिक, १० वर्षिय हेमन्त बिक, रुपा बिक, सिवानी बिक, निर्मला बिक र हिमान्सु बिक रहेका छन् ।

सोही परिवारका एक जना वालक मावली घरमा गएकाले जिबितै रहेका छन् ।

त्यस्तै सोहि गाउँपालिका ३ को ठूलोलुम्पेक कसिन डाँडामा पहिरोमा पुरिएर ३२ वर्षिया तिलकुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामुको मृत्यु भएको हो ।

उनिहरु आमा छोरा हुन् । सोहि वडामा रुद्र बिकको घर बगाउँदा ४० वर्षिया मायाँ बिक र १६ वर्षिय गबि बिक बेपत्ता भएका छन् ।

पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवति ४ का १० वर्षिय करिश्मा त्रामु र १३ वर्षिय धनि त्रामुको घाइते भएको प्रहरीले जनाएको छ ।

गएरातिदेखि परेको अबिरल वर्षाका कारण घरमाथिबाट पहिरो जाँदा घरमा सुति रहेकाहरुको मृत्यु भएको हो ।

उद्धारका लागि जिल्लाबाट प्रहरी नायव उपरिक्षक मिनबहादुर घले, शसस्त्र प्रहरी नायव उपरिक्षक दिनेश रामयमाझी सहितको टोली घटनास्थलल पुगेका छन् ।

ठूलो पहिरो भएकाले मृत्यु हुनेहरुको संख्या बृद्धि हुनसक्ने बताइएको छ । पहिरोले लिम्घासमा ४ घर जोखिममा रहेका छन् ।

उनीहरुलाई स्थानीय बिद्यालयमा राखिएको छ । प्रहरीसँगै उपचारका लागि स्वास्थ्यको टोली पनि घटनास्थल पुगेको छ । 

इमेज खबर डटकमबाट

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: