
पर्फेक्ट व्यालेन्स फिट्नेसको रु ५० हजार विद्यालयलाई सहयोग
जुना थापा । पर्फेक्ट व्यालेन्स फिट्नेस इन्टरनेस्नल प्रालिले पोखराको विद्यालयमा रु ५० हजार रुपैया सहयोग गरेको छ ।

पोखरा १५ फलेपाटनस्थित सिद्ध माविको अक्षयकोषका लागि उक्त रकम सहयोग गरेको प्रालिका निर्देशक अमेरिकी नागरिक चक लाम्काले बताउनुभयो । आफ्नो परिवार नै शिक्षा क्षेत्रमा लागेकाले आफूले पनि शैक्षिक क्षेत्रमा सहयोग गर्न पाएकोमा खुसी लागेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका वडा नम्बर १५ का वडाध्यक्ष प्रकाश पौडेलले वडाको सामुदायिक विद्यालय सिद्ध माविमा निम्न वर्गका विद्यार्थीहरु अध्ययन गर्ने र उनीहरुको शैक्षिक प्रगतिका लागि विद्यालय र वडा नम्बर १५ लागी परेको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शैक्षिक प्रमुख जुना थापाले गर्नुभएको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38