ताजा खबर

पितृसत्ता विरुद्धको लडाईंमा साथै छौं– मुख्यमन्त्री गुरुङ

   ८ श्रावण २०७६, बुधबार १६:०९      1,352 views

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पितृसत्ता विरुद्धको लडाईंमा प्रदेश सरकार साथमै रहको बताएका छन् ।

‘महिला माथी हुने हिँसा र पितृसत्ताको विरुद्धको लडाईंमा हामी साथमै छौं, उनले भने, विभेदको अन्त्य गर्न र समानताका लागि परौं ।’
नारी जागरण अभियान पोखराले नजिकिँदै गरेको महिलाहरुको महान पर्व हरितालिका तीजलाई भड्किलो हुन नदिन बुझाएको ज्ञापन पत्र बुभ्mदै मुख्यमन्त्री गुरुङले उक्त कुरा बताएका हुन् । प्रदेश सरकारले समानता र विभेद अन्त्य गर्न चाहेको भन्दै त्यसका लागि सहकार्य र सुझाव दिन समेत आह्वान गरे ।


तीजलाई भड्किलो हुन नदिन आप्mनो ठाउँबाट सहयोग गर्ने समेत उनले बताए । ‘प्रदेश सरकारका मन्त्री र साँसदहरुलाई भोज भतेर र भड्किलो कार्यक्रम नजान आफुले आह्वान गर्ने भन्दै उनले भने, ‘विभेदको अन्त्य र समानताका लागि प्रवचन, विचार गोष्ठीमा जान सकिन्छ, तर भोज भतेरमा नजान म आह्वान गर्छु ।’


गलत कुराको पछि नलाग्न आग्रह गर्दै उनले निरपेक्ष ढँगले विषयलाई बुभ्mन नहुने बताए ।
‘कतिपय ठाउँमा पुरुषले नशालु पदार्थ प्रयोग गर्दा समानताका लागि महिलाले पनि गर्नुपर्छ भन्ने सुनेको छु, उनले भने, लोग्नेले बहुविवाह ग¥यो भने महिलाले पनि बहुविवाह गर्नुपर्छ भन्न हुँदैन, कानुनले बन्देज लगाएको काम गर्नु समानता होइन ।’


उनले विभेदको अन्त्य र समानताको स्थापना एवं पितृसत्ता विरुद्धको लडाईंमा केन्द्रित हुन समेत आह्वान गरे ।
नारी जागरण अभियान पोखराका संयोजक अञ्जु केसीले मुख्यमन्त्री गुरुङलाई ज्ञापन पत्र बुझाएकी थिइन् । अभियानका क्रममा टोलटोलमा पुगेर विकृति विरुद्ध जनचेतना फैलाउने योजना समेत रहेको उनले बताइन् ।

ज्ञापन पत्र बुझाउन नागरिक समाज पोखराका अध्यक्ष रामबहादुर पौडेल लगायत नारी जागरण अभियानका अभियन्ताहरुको सहभागिता थियो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: