ताजा खबर

ब्राजिलमा जेलका कैदीहरुबीच झडप, ५२ जनाको मृत्यु

   १४ श्रावण २०७६, मंगलवार ०८:२९      1,301 views

ब्राजिलमा जेलभित्र कैदीबन्दीबीच झडप हुँदा कम्तीमा ५२ जनाको ज्यान गएको छ । ब्राजिलको पारा राज्यमा रहेको अल्तामिरा जेलमा कैदीबन्दीबीच झडप भएको हो । कैदीबन्दीबीच करिब ५ घण्टासम्म झडप भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अल्तामिरा जेलभित्र रहेका एक कैदीबन्दीको समूह अर्को कैदीबन्दीको समूहमा  गएपछि झडप सुरु भएको थियो । जेलको एक भागमा कैदीबन्दीले आगो लगाएका कारण केहीको निसास्सिएर ज्यान गएको हो भने १६ जनाको टाउको काटेर हत्या भएको हो ।

कैदीबन्दीहरुले जेलका अधिकारीहरुलाई पनि बन्दी बनाएका थिए । स्थानीय समय अनुसार सोमबार बिहान सात बजेदेखि झडप सुरु भएको थियो । ब्राजिलको सञ्चारमाध्यममा जेलबाट धुँवा आइरहेको दृश्य देखाइएको छ भने अन्य केही भिडियोमा कैदीबन्दीहरु जेलको छतमा घुमिरहेको दृश्य पनि देखाइएको छ ।

जेलभित्र रहेका कमाण्डो क्लासेज ए समूहका कैदीबन्दी र कमाण्डो वेर्मेल्हो  समूहका कैदीबन्दीबीच झडप भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

ब्राजिलको जी १ समाचार संस्थाका अनुसार जुन जेलमा झडप भएको थियो त्यहाँ २ सय कैदी राख्न मिल्थ्यो तर त्यहाँ ३ सय ११ जना कैदी रहेका थिए । क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण पनि ब्राजिलमा विभिन्न समयमा जेलभित्र झडप हुँदै आइरहेको छ । 

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: