
आज साउन १५, खीर खाने दिन
आज साउन १५ अर्थात् खीर खाने दिन । नेपालका विभिन्न ठाउँमा यो दिनलाई विशेष दिनका रुपमा लिने गरिन्छ । तीज, श्राद्ध, देवालीलगायतका शुभ अवसरमा विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिने गरिन्छ ।

चामल, दूध, नरिवल, छोकडा, मरिच चिनी लगायतका अन्य चिजहरु हालेर खीर बनाउने चलन छ । खीर उच्च क्यालोरी भएको खाना हो । दूध आफैँमा प्रोटिनको राम्रो स्रोत हो र यसमा फ्याटको मात्रा पनि हुन्छ । चामलबाट कार्बोहाइड्रेड र अन्य सामग्रीले भिटामिन र मिनरल्स प्रदान गर्छ । त्यसैले थोरै खाएर धेरै पोषण प्राप्त गर्ने खानेकुरा हो खीर ।
साउनमा खीर खानुकोे वैज्ञानिक महत्व पनि रहेको डाक्टरहरु बताउँछन् । डाक्टरहरुका अनुसार गर्मीको समयमा शरीरमा दाद, खटिरा, र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउनका लागि खीर खानु उपयुक्त हुन्छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38