ताजा खबर

यमनमा सैनिक परेडमाथि आक्रमण, कम्तीमा ३२ जनाको मृत्यु

   १७ श्रावण २०७६, शुक्रबार ०७:१९      1,341 views

यमनमा एक सैनिक परेडमाथि भएको आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । हुथी विद्रोहीले सैनिक परेडमाथि ‘मिसाइल’ र ‘ड्रोन’ आक्रमण गरेका हुन् ।

दक्षिणी तटीय सहर एडनमा भइरहेको सैनिक परेडलाई क्षेप्यास्त्र र एउटा सशस्त्र ड्रोनले निशाना बनाइएको विद्रोहीले चलाइरहेको टेलिभिजन च्यानलले जनाएको छ ।

एडन यमनको अन्तर्राष्ट्रिय समर्थनप्राप्त सरकारको केन्द्र हो ।

यसअघि, यो सहरको एउटा प्रहरी कार्यालयमा आत्मघाती बम हमलामा १० जनाको मृत्यु भएको थियो । ती दुवै आक्रमणबीच कुनै सम्बन्ध रहेको वा नरहेको भन्नेबारे स्पस्ट नभएको अधिकारीहरुले बताएका छन् ।

हुथी विद्रोहीहरुले सहरको उत्तरतर्फ हुथीको पकड रहेको क्षेत्रमा आक्रमण गर्न सरकारले तयारीका लागि परेड गरेको दाबी गरेको छ ।

तर, सरकारले भने नयाँ भर्ना भएका सैनिकको तालिम सम्पन्न भएको अवसरमा कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

विद्रोहीका आक्रमणमा एकजना वरिष्ठ सैनिक कमान्डरकोसमेत मृत्यु भएको बताइएको छ ।

अन्तर्राष्ट्रिय स्वास्थ्य संस्था ‘एमएसएफ’ले विद्रोहीको आक्रमणमा कयौं मानिस घाइते भएको जनाएको छ । 

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: