ताजा खबर

आइतबार साँझदेखि मनसुनी गतिविधि बढ्ने

   १९ श्रावण २०७६, आईतवार ०८:२७      996 views

आइतबार देशभरको मौसम आशिंकदेखि सामान्य बदली हुने र केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

नेपालभन्दा दक्षिणतिर रहेको मनसुनी न्यूनचापीय रेखा (मनसुनी समयमा वर्षा गराउने प्रणाली) नेपालतिर सरिरहेकाले आइतबार साँझदेखि मनसुनी गतिविधि सक्रिय हुने महाशाखाले जनाएको छ । 

महाशाखाकी मौसमविद् विभुति पोखरेलले भन्नुभयो ‘अहिले तराई भूभागभन्दा दक्षिणतिर रहेको मनसुनी न्यूनचापीय रेखा आइतबार साँझसम्म तराई आसपास आइपुग्ने भएकाले आइतबार बेलुकीदेखि मनसुन केही सक्रिय हुने देखिएको छ ।’ 

यसैको प्रभावले केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । 

महाशाखाका अनुसार अहिले देशभरीकै मौसम आंशिकदेखि सामान्य बदली भइरहेको छ । पहाडी भेगको केही ठाउँमा हल्का पानी परिरहेको छ । 

यस्तै, आइतबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम किसिमको वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभागभन्दा दक्षिणतर्फ रहेकाले नेपालमा मनसुनी गतिविधि कमजोर बनिरहेको छ । यो रेखा नेपालतर्फ सरेपछि कमजोर बनेको मनसुन सक्रिय हुनेछ । 

सोमबार पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदलीको अवस्थामा रहने र राति पश्चिमको केही ठाउँमा ठूलो पानी पर्ने महाशाखाको अनुमान छ ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: