
बागलुङमा अविरल वर्षापछि तुरतुरे ताल फुट्यो, तटीय क्षेत्रका बस्ती जोखिममा
बाग्लुङ । अविरल वर्षापछि सोमबार बिहान बडीगाड खोलामा पानीको सतह बढेसँगै बागलुङको बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमानामा रहेको तुरतुरे तालको केही भाग फुटेको छ ।

तालमा रहेको पानीको सतह करीब १० मिटर घटेको छ । तुरतुरे ताल फुटेर बडीगाड खोलामा पानीको सतह एक्कासी बढेपछि तलका तटीय क्षेत्रमा रहेका भिङगाड, भिङखाल, खार, खर्वाङ बजार र गुल्मीको रिडी क्षेत्रसम्मका स्थानीयबासी त्रसित बनेका छन् ।
तालको पानी घट्न रोकिएकोले आत्तिनु पर्ने अवस्था नरहेको बताईए पनि सबै तटीय क्षेत्रमा सावधानी अपनाउनु पर्ने अवस्था रहेको स्थानीय प्रशासनले जनाएको छ । अहिलेसम्म खोलाको बहावले कतै कुनै क्षति गरेको नगरेकोले आत्तिनु पर्ने अवस्था नरहेको प्रत्यक्षदर्शीले बताएका छन् ।
मध्यपहाडी लोकमार्गमा पर्ने खार बजारको माथिपट्टी भल सहितको पहिरोले सडक अवरूद्ध भएको छ । उक्त स्थानमा इलाका प्रहरी कार्यालय बुर्तिबाङका निमित्त प्रमुख प्रहरी सहायक निरीक्षक समुद्र नेपालको कमाण्डमा प्रहरी टोली खटिएको छ ।
भिमगिठे बजारको तटीय क्षेत्रमा प्रहरी नायव निरीक्षक रिनबहादुर बैदवार, खार क्षेत्रमा प्रहरी सहायक निरीक्षक लालमणि भट्टरार्इ र खर्वाङ क्षेत्रमा प्रहरी सहायक निरीक्षक मनबहादुर कार्कीको टोली खटिएको बताइएको छ ।
आजको खबर
Follow Us

पोखरामा सिट्रोन कारको अत्याधुनिक शोरुम सञ्चालनमा
११ आश्विन २०८०, बिहीबार १३:५५
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38