ताजा खबर

कश्मीरमा तनाव बढ्दो, पूर्व मुख्यमन्त्रीहरु नजरबन्दमा, सतर्कता बढाउँदै पाकिस्तान

   २० श्रावण २०७६, सोमबार ०९:५६      1,197 views

श्रीनगर । भारत प्रशासित कश्मीरमा तनाव बढ्दै गएको छ । सो क्षेत्रका कयौं नेतालाई सोमबार बिहानैदेखि नजरबन्दमा राखिएको छ ।

गएराति नै स्थानीय प्रशासनले कश्मीरमा सुरक्षा सतर्कता बढाउँदै कयौं प्रभावशाली नेताहरुलाई नजरबन्दमा राखेको हो । नेशनल कन्फ्रेन्सका नेता तथा पूर्व मुख्यमन्त्री उमर अब्दुल्ला, पीडीपी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री महबुबा मुफ्ती, जम्मु कश्मीर पिपल्स कन्फ्रेन्सका अध्यक्ष सज्जाद लोनलाई उनीहरुकै निवासमा नजरबन्द गरिएको हो ।

यस अतिरिक्त श्रीनगरमा हिँडडुल गर्न सर्वसाधारणलाई समेत रोक लगाउने गरी ‘धारा १४४’ लागू गरिएको छ । उक्त व्यवस्थासँगै शैक्षिक संस्था बन्द गरिएको छ भने श्रीनगरसहित कश्मीरमा मोबाइल इन्टरनेट सेवा बन्द गरिएको छ ।

पूर्व मुख्यमन्त्री अब्दुल्लाले सर्वसाधारणलाई संयमता अपनाउन आह्वान गरेका छन् । पूर्व मुख्यमन्त्री मुफ्तीले नजरबन्दमा राखिएकोमा आपत्ति जनाउँदै जम्मु कश्मीरको आवाजलाई दबाउने प्रयास भइरहेको बताएकी छन् ।

उता, पाकिस्तानले पनि कश्मीरमा भइरहेको घटनाक्रमलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाएको छ । आइतबार नेशनल सेक्युरिटी कमिटीको बैठकले भारतीय सेनाका तर्फबाट हुने कुनै पनि प्रकारका ‘दुस्साहस’को जवाफ सशक्त ढंगले दिने निर्णय गरेको छ ।

पाकिस्तान र अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानमा जारी संघर्षको स्थायी समाधान खोजिरहेको समयमा नै भारतले कश्मीरको स्थायी शान्ति बिथोल्न थालेको पाकिस्तानको आरोप छ । (एजेन्सी)

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: