
तमु धिं युकेको निम्तोमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत भ्रमणमा जाने
पोखरा, २० साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत भ्रमणमा जाने भएका छन् ।

गुरुङ आउँदो भदौ ७ र ८ गते बेलायत जाने छन् । संघीय सरकारसँग स्वीकृति माग्ने लगायतका निर्णय पनि गण्डकी प्रदेशले गरेको छ ।
तमु धिं युकेको आयोजनामा हुने नेपाली मेलाको प्रमुख अतिथि बन्न मुख्यमन्त्री बेलायत जान लागेका हुन् ।
मन्त्रिपरिषदले प्रदेश विकास प्राधिकरण विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ ।
प्रदेशले स्थानीय तहको सहकार्यमा निर्माण गर्ने योजनामा ६०:४० को अनुपात बनाउने अर्को निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।
त्यस्तो अनुपात हुने व्यवस्थासहितको कार्यविधि मन्त्रिपरिषदले स्वीकृत गरेको हो । यसअघि उक्त कार्यविधिमा ७०:३० को अनुपात रहेकोमा संशोधन गरिएको जानकारी मन्त्री बस्नेतले दिए ।
प्लास्टिकजन्य पदार्थ नियन्त्रण गर्न बनेको विधेयकलाई सैद्धान्तिक स्वीकृति पनि मन्त्रिपरिषदले दिएको छ । दुग्ध विकास बोर्ड गठनका लागि सहजकरण गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाको संयोजकत्वमा समिति गठनको निर्णय भएको जानकारी मन्त्री बस्नेतले दिए ।
आजको खबर
Follow Us

पोखरामा सिट्रोन कारको अत्याधुनिक शोरुम सञ्चालनमा
११ आश्विन २०८०, बिहीबार १३:५५
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38