ताजा खबर

नेपाल भ्रमण वर्ष २०२० लाई प्रर्बद्धन गर्ने बेलायतको वेल्स ब्रेकनमा तीन दिने हाईकिङ सम्पन्न

   २१ श्रावण २०७६, मंगलवार १२:३०      1,358 views

सुधा गुरुङ

ब्रेकन । नेपाल भ्रमण वर्ष २०२० लाई प्रर्बद्धन गर्ने उद्देश्यले वेल्सको ब्रेकनमा अगस्ट को २ देखि ४ तारिख सम्म ३ दिने क्याम्पिङ र हाईक फर नेपाल (लामो दुरीको पैदल यात्रा) सफलताका साथ सम्पन्न भयो ।

पोखरेली मञ्च युके र वी विल राइज फाउन्डेशनको संयुक्त आयोजनामा आयोजित हाईक फर नेपालको सो कार्यक्रमले संयुक्त अधिराज्यको वेल्सलाई करिव चार घण्टा नेपालमय बनायो ।

बेलायत भरीबाट सहभागी हुन आएका विभिन्न उमेर समुहका करीब ३ सय जना पैदल यात्रीहरुले वेल्सको लाङ्गघोर्स माउन्टेनमा ९ किलोमिटर लामो पैदल यात्रा बडो उत्साह र उमंगका साथ पुरा गरेका थिए । जसमा कान्छो उमेर ४ बर्ष देखि थुप्रै स्वदेशी तथा विदेशी सिनिएर सिटिजनको पनि सहभागिता थियो ।

नेपाल सरकारले घोषणा गरेको पर्यटन प्रवद्र्धन अभियानलाई सक्दो सहयोग गर्ने दायित्व संसारभर रहेका प्रवासी नेपालीहरुको पनि रहेको उल्लेख गर्दै हाइकिङ कार्यक्रमका प्रमुख संयोजक मेजर खुशीमान गुरुङले आगामी वर्षहरुमा पनि यसलाई निरन्तरता दिइने बताएका छन् ।

आयोजना स्थलमा नेपालको मानचित्र, शान्तिका अग्रदूत भगवान गौतम बुद्धको आकृती र भूकम्पले तहसनहस पारेको ३ करोड नेपालीको अमूल्य धरोहर, धरहराको निर्माण गरी विश्व शान्तिका लागी दीप प्रज्वलन समेत गरिएको थियो । भूकम्पमा ज्यान गुमाउनेहरुको स्मृतिसँगै नेपालकै पहिचान बनेको उक्त धरहरा यथासक्य छिटो निर्माण सम्पन्न गरियोस भन्ने सन्देश स्वरुप सोको प्रतिमूर्ती बनाएको पोखरेली मञ्चका अध्यक्ष मानप्रसाद गुरुङले बताए । आयोजना स्थललाई नेपालमय बनाउन र सो सन्देश दिन करीब ६ मिटर (१८ फिट) अग्लो धरहरा गुरुङ आफैले निर्माण गरेका थिए ।

कार्यक्रममा मुख्य अतिथी बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले यस्ता कार्यक्रमले निरन्तरता पाइरहनु पर्ने उल्लेख गर्दै माउन्ट एभरेष्ट नामाकरण गर्ने सर जर्ज एभरेष्ट बेलायतकै भएकाले पनि दुई देशको सम्बन्ध थप गहिरो बनेको बताए ।

नेपालका लागि सँगसँगै पाईला चालौं भन्ने नाराका साथ भूकम्पपछि थलिएको नेपालको पर्यटन प्रर्वद्धन हेतु वि विल राइजको पहलमा हङकङबाट सुरु भएको हाइक फर नेपाल तेस्रोपटक बेलायतको वेल्समा आयोजना गरिएको हो । विदेश बसेता पनि नेपालप्रति हरेक नेपालीले आफ्नो देशको लागि केही गर्नुपर्छ भन्ने दायित्वबोध गराउने खालका यस्ता कार्यक्रम संसारभर आयोजना गर्न सकिने जनाउँदै हङकङबाट सहभागिता जनाउन आएका फाउण्डेसनका संस्थापक तुलसी गुरुङले सबैलाई आ–आफ्नो स्थानबाट मुलुकका लागी सकेको पहल गर्न अनुरोध गरे ।

आयोजक पोखरेली मञ्चका अध्यक्ष मानप्रसाद गुरुङले यस्ता कार्यक्रमले नेपालीहरु बीच सद्भाव, भातृत्व र सौर्हदता बढाउने मात्र नभएर नेपालप्रति चासो र चिन्तन जगाउने एवम् पर्यटनको विकासमा पनि महत्वपूर्ण भूमिका खेल्ने जनाए ।

कार्यक्रममा अन्य स्थानीय विशेष अतिथीहरुमा ब्रेकनका मेयर काउन्सिलर एन माथिएज, धम्पुस र ब्रेकन ट्वीनिङ्ग कमिटी युकेका अध्यक्ष काउन्सिलर डेविड मेडिरिथ, गत मे १९ मा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका क्याप्टेन गेथिन डेभिस, एन आर एन युके उपाध्यक्ष पुनम गुरुङ, मिस्टर यू के नेपाल मनन गुरुङ थिए।

त्यस्तै नेपालबाट आएका अतिथीहरुमा डायरेक्टर अफ ईस्टर्न यूनिभर्सिटी प्रोफेसर डाक्टर बिजु थपलिया, नेपाल संस्कृत विश्व बिद्द्यालयका नगेन्द्रराज रेग्मी, नारद प्रसाद पौडेल, नेपाल प्रज्ञा प्रतिष्ठानका भरत कुमार सुवेदी, परराष्ट्र मन्त्रालयका कृष्ण क्षेत्री लगायत अन्य थुप्रै स्थानीय बिदेशी ब्यक्तित्वहरुको समेत बाक्लो सहभागिता थियो । आयोजनास्थल सुन्दर शहर ब्रेकन र धम्पुस बीच हालै मात्र गत फेब्रुअरीमा मुख्य संयोजक मेजर गुरुङ्गको पहलमा मितेरी साईनो पनि गाँसिएकोले ब्रेकनबासीको मनमा नेपाल प्रती थप माया, सद्भाव र चासो बढेको छ।

गत बर्ष १५० जतिको सहभागिता रहेको हाइक फर नेपालमा यस पटक आयोजकले ३०० जति सहभागीको अपेक्षा गरे अनुरुप ठ्याक्कै दोब्बरकै संख्यामा सहभागीता बढ्नु एकदमै सकरात्मक पक्ष रहेको र कार्यक्रम बेलायत बासी माझ लोकप्रीय बन्दै गएको ज्वलन्त उदाहरण हो भन्ने कुरा सो क्याम्पेनका लागि अहोरात्र खटिएका संयोजक मेजर गुरुङ्गले बताए। आगामी बर्षहरुमा यसलाई अझ बृहत र थप ब्यवस्थित बनाउदै लैजाने उनले बताए।

व्यस्त बेलायती जीवन शैलीबाट केही दिन सापट लिएर ३ दिने क्याम्पिङ्ग र हाईकिङ्गमा बेलायत भरीबाट आएका सहभागीहरुले भरपूर आनन्द उठाएको कुरा सहभागीहरुले बताए। शहरको कोलाहलबाट दूर, काम को टेंशनबाट मुक्त शान्त, सुन्दर मनोरम डाडा काडांले घेरिएको ब्रेकनको लोङ्गघार्स डाडां चढ्दा अधिकांशलाई गांऊघरको तिर्सना केही हद सम्म मेटिएको आभास भएको बताए भने नयाँ पिँढीका यूवा वर्ग र बालबालिकाहरुलाई कम्तीमा वर्षको एक चोटि स्वदेश जानुपर्छ भन्ने प्रेरणा मिलेको कुरा बताए । जुन एकदमै सकरात्मक पक्ष हो र भिजिट नेपालको उद्देश्य पनि यही हो ।

कार्यक्रममा राफल ड्र पनि राखिने योजना रहेको तर समयाभावले सो गर्न नभ्याईएले प्रायोजित सम्पूर्ण रकम आयोजकलाई प्रदान गरियो । प्रायोजकहरु, सूर्य गुरुङ (पीपल मोर्ट्गेज), एक आले (गोर्खा रेस्टोरेन्ट), सूर्य गुरुङ (गोर्खा प्यालेस फार्नबोरो), सीता गाहा ( प्याराडाईज हेयर एन्ड ब्यूटी सेलून, ब्रेकन), सेरा गुरुङ (याक एन्ड यति रेस्टोरेन्ट, बाथ), कमल र पूनम गुरुङ (गोर्खा शेफ, न्यूबरी) धनु थकाली र जगन गुरुङ (डी एन्ड जे हिटिङ्ग एण्ड बोईलर) र फोटो पत्रकार मिलन तमु (एभरेष्ट टाईम्स र गोर्खा मिडिया) सबैलाई आयोजकले एकमुष्ट धन्यबाद ज्ञापन गरेको छ।

हाईकिङ्ग पश्चात ब्रेकन हाई स्कूलमा रात्रीभोज र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो। जसमा स्थानीय कलाकारहरु सिम्रन बयम्बू, साईमन बयम्बू र सोनिया पूनले नृत्य प्रस्तुत गरेका थिए भने लोकपृय नेपथ्य ब्यान्डका पूर्व गायक रबिन श्रेष्ठको अगुवाईमा अन्य स्थानीय कलाकारहरु ममता गुरुङ्ग, लाल प्रसाद गुरुङ्ग, राजु गुरुङ्ग, बिनय पून , जीवन गुरुङ्ग आदीले भरपूर मनोरंजन दिलाएका थिए। स्टेज शो पश्चात डि जे दिपु गुरुङ्गको ननस्टप गीत संगीत मा राती १२ बजे सम्म सबै झुमिरहे। क्याम्पिङ्गको पहिलो दिन औपचारीक कार्यक्रम पश्चात् पनि यिनै कलाकारहरुले नेपाली राष्ट्रीय गीत र अन्य केही राष्ट्रीय स्वाभिमानका गीतहरु गाउदा वातावरण रमणीय, र संवेदनशील बनेको थियो।

क्याम्पिङ्गको दुबै रात स्वादिष्ट भोजनको बन्दोबस्त ब्रेकन स्थित द न्यू गोर्खा ईन ले मिलाएको थियो

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: