
बाटुलेचौरमा निःशुल्क बुटिक तालिम तथा बृक्षारोपण
लायन्स क्लव अफ कैलाश चौतारीको आयोजनामा बाटुलेचौर मैदानमा १ महिने निःशुल्क बुटिक तालिम शुरु भएको छ ।

लायन्स क्लव अफ पोखरा ३२५ बि वानका सेकेण्ड भिडिजी विश्वेश्वर आचार्यले एक समारोहका विच उक्त तालिमको उद्घाटन गरे । तालिम उद्घाटन गर्दै प्रमुख अतिथि आचार्यले महिलाहरुको स्वरोजगारका लागि पनि तालिम महत्वपूर्ण हुने औल्याए ।
कार्यक्रमका विशिष्ट अतिथि वडा नम्बर १६ का वडाध्यक्ष जीवन आचार्यले तालिमका लागि मात्रै तालिन नलिन आग्रह गर्दै यसलाई व्यवहारमा लागू गर्न सक्ने गरि सिक्न आग्रह गरे । आयोजक क्लवका अध्यक्ष तुलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम सचिव केशब दवाडीले सञ्चालन गरेका थिए ।
झण्डै २ लाख खर्च लागत अनुमान रहेको तालिम कालिका बहुउद्येश्यि भवनमा सञ्चालन गरिएको छ । तालिममा स्थानिय ५० महिलाको सहभागिता रहेको कार्यक्रम संयोजक विजयराज वाग्लेले जानकारी दिएका छन् ।

यसैविच सोही क्लव तथा मदर क्लव न्यूरोड चौतारीको संयुक्त आयोजनामा बाटुलेचौरमा बृक्षारोपण कार्यक्रम पनि सम्पन्न भएको छ । चण्डिकाटोल, क्रियापुत्री भवन वरपर धुपी, समी, आँप, अशोक, पारिजान लगायतका ४० बृक्षा रोपिएको कार्यक्रम संयोजक समेत रहेका क्लवका सदस्य कृष्ण पौडेलले जानकारी दिए । लायन्स क्लव क्लष्टर १७ का प्रमुख बसन्त गिरीले बृक्षारोपण गर्दै सो कार्यक्रमको उद्घाटन गरेका थिए ।
आजको खबर
Follow Us

पोखरामा सिट्रोन कारको अत्याधुनिक शोरुम सञ्चालनमा
११ आश्विन २०८०, बिहीबार १३:५५
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38