
ठग्न डाक्टरी गरेकाहरु सत्तामा रहुञ्जेल जनता ठगिरहनेछनः खगेन्द्र संग्रौला
हुम तमु
ठग्न डाक्टरी गरेकाहरु सत्तामा रहेकाले जनताहरु ठगिइरहने अधिकारकर्मी तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले बताउनुभएको छ।

२५ औं विश्व आदिवासी दिवसको अवसरमा पोखरा नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद कास्कीले आयोजना गरेको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा ठगहरुको धर्म ठग्ने भएकाले लामो समयदेखि ठगिएका महसुस गरेका उत्पिडितहरु एक भई शसक्त आन्दोलन गर्नुपर्ने बताउनुभयो।
काँग्रेस, एमाले, माओवादी, राप्रपाले सत्ता ठग्ने थलोको रुपमा विकास गरेका हिजो आफैले लेखेको संविधानका हरफहरु पनि खोस्दै लगिएको बताउनुभयो ठगिएकाहरु एक भएनौं भने सधै पराजित भईरहनेछौं भन्नुहुदै उहाँले अधिकार माग्न नभई खोसेर लिनका लागि एक भई आन्दोलनमा जनता उत्रनुपर्ने बताउनुभयो। हामी हारिएका नभई जित्न नसकेकाहरु सडक आन्दोलनमा टाउको देखिएपछि जितिन्छ भन्ने गुठी विधेयक फिर्ताबाट आदिवासी जनजाति लगायत उत्पिडितहरुले बुझ्नुपर्ने उहाँको भनाई थियो।
निर्मला हत्याकाण्ड, डा.केसीको आन्दोलनहरु जस्तै सत्ताले सकेसम्म दबाउछ, विगतका अन्दोलनको समिक्षा गरी एकाधिकार तोड्नुपर्दछ, समानअधिकारका लागि संकल्पका साथ सडकमा ओर्लनुको विकल्प नभएको उहाको भनाई थियो।आदिवासी जनजाति आन्दोलन मौरी हराएको रानो जस्तो भएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको थियो।
अधिकारकर्मी संग्रौलाले पहिचानको आन्दोलनलाई बिखण्डनकारी र जातियता देख्नेहरुलाई सबक सिकाउने गरी आन्दोलन जरुरी रहेको जोड दिनुभयो। आदिवासी जनजातिको आन्दोलन हिजै देखि न्याय, समानता, अधिकार र अस्तित्वको लडाइ भएकाले मानवअधिकारको पनि आन्दोलन भएकाले अघि बढ्नुपर्ने बताउनुभयो। लड्नेले नै जित्नेछन् र आफ्नो इतिहास आफै लेख्ने गरेको उहाँले बताउनुभयो।
न्यायपूर्ण पहिचानको आन्दोलनमा जुट्नुपर्दछ, पार्टीको एक टपरी भातका लागि कोही नअल्मलिनुस भन्नुहुदै सशस्त्र संघर्ष गरेको माओवादीले पनि आफुले उठाएको मुद्धाहरुलाई धोका दिएको संग्रौलाको भनाई थियो। आन्दोलनको बेला गणतन्त्र बयलगाडीमा चढेर अमेरिका पुगिन्छ भन्नेहरुसँग घाँटी जोडेर माओवादीले जनतालाई झुक्याएको आरोप लगाउनुभयो। डबल कम्युनिष्ट सरकार बेचिखाने भाडो बनेको छ, कम्युनिष्ट बजाउने घण्ट बनाइएको भन्दै सरकारको चरित्रमा कहिकतै कम्युनिष्ट नभएको उहाको विश्लेषण थियो।
आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष धर्म तमुको अध्यक्षता र केन्द्रीय उपाध्यक्ष गणेश थकालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समाजवादी पार्टीका नेता हेमबहादुर थापा, दलित समुदायका तर्फबाट लालबहादुर परियार, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ कास्कीका अध्यक्ष राजकुमारी भुजेल, विद्यार्थी महासंघका अध्यक्ष सुजन तामाङ, मगर संघ कास्कीका अध्यक्ष संगीता पुन मगर, फोनिज गण्डकी इञ्चार्ज हुमबहादुर गुरुङ, राष्ट्रिय महिला महासंघ प्रदेश अध्यक्ष डिलकुमारी गुरुङ, जनजाति अगुवाहरु अम्बर तुलाचन, देवबहादुर तमु, बुद्धिमान दुरा, जंगबहादुर गुरुङ, हर्कबहादुर गुरुङ, लालजंग दुरा, चेतनप्रकाश गुरुङ, बलबीर राना, नुनु रानामगर, इन्द्र गुरुङ, मनबहादुर गुरुङ लगायतले भनाइ राख्नुभएको थियो। कार्यक्रममा महासंघ कास्कीका उपाध्यक्ष सुवेदार हरिमान तामाङले स्वागत र सचिव बमबहादुर छन्त्यालले संचालन गर्नुभएको कार्यक्रममा तामाङ घेदुङका कलाकारहरुले साँस्कृतिक प्रस्तुति गरेका थिए।
आजको खबर

पोखरासंविधान दिवसको सन्दर्भमा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले बुधबार “संचारकर्मीसंग नेकपा (एमाले) “कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पार्टी सचिब तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले…
अझै पढ्नुहोस्Follow Us

एमाले गण्डकीको संचारकर्मीसंग नेकपा (एमाले) कार्यक्रम सम्पन्न
४ आश्विन २०८०, बिहीबार १२:३६
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38