
तमू प्ये ल्हु संघ युवा समितिले भदौ २८ गते पोखरामा स–फुँ–क्ह्याल्स साँस्कृतिक साँझ गर्ने
तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिको आयोजनामा आगामी भदौ २८ गते शनिबार स– फुँ–क्ह्याल्स साँस्कृतिक साँझ आयोजना गर्ने भएको छ ।

तमू जातिको कुल धर्म बोन धर्मको बारेमा साँस्कृतिक कार्यक्रम मार्फत प्रचार प्रसार गर्ने र आगामी २०७८ सालमा हुने राष्ट्रिय जनगणनामा धेरै भन्दा धेरै बोन धर्मावलम्बीको सहभागिता जनाउन सहयोग पु¥याउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागेको तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिले आज पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

साथै कार्यक्रमले गण्डकी प्रदेश सरकारको आन्तरिक पर्यटन भ्रमण वर्ष २०१९, नेपाल भ्रमण वर्ष २०२० र गण्डकी प्रदेश भ्रमण वर्ष २०२२ लाई सहयोग पु¥याउने उद्देश्यले पनि कार्यक्रम आयोजना गरिएको पत्रकार सम्मलेनमा जानकारी दिइएको छ ।
युवा समितिका अध्यक्ष शुक्रराज तमूको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले प्रथम पटक आपूmहरुले आयोजना गर्न लागेको यसप्रकारको चेतना मूलक साँस्कृतिक कार्यक्रमका लागि आपूmहरु विगत ३ महिनादेखि निरन्तर तयारीमा जुटी रहेको बताउनुभयो ।

पोखरा सभागृहमा भदौ २८ गते दिउँसो १ बजेबाट शुरु हुने कार्यक्रममा गायक मिलन लामा, गायक तथा संगीतकार धनबहादुर गुरुङ र गायिका कुशुम गुरुङको साँङगेतिक प्रस्तुति रहने छ भने तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिमा आवद्ध करिब ६० जना कलाकारले आफनो साँस्कृतिक प्रस्तुति दिने भएको छ । जसको लागि कलाकारहरु विगत २ महिनादेखि यसको तयारीमा जुटी रहेको पनि आयोजकले जानकारी दिएको छ ।
कार्यक्रम सम्पन्न गर्न ११ लाख ३० हजार खर्च हुने र १६ लाख ५० हजार आम्दानी हुने आयोजकको लक्ष्य रहेको छ ।
तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिका अध्यक्ष शुक्रराज तमूको अध्यक्षतमा भएको पत्रकार सम्मेलनमा कोषाध्यक्ष जीवन तमूले स्वागत मन्तव्य दिनुभएको थियो भने प्रचार संयोजक सुरज तमूले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38