ताजा खबर

हिमाली साँस्कृतिक परिवारको १०औं अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः मेनकाजी गुरुङ सर्वसम्मत

   २५ श्रावण २०७६, शनिबार १८:५७      1,793 views

हिमाली साँस्कृति परिवार पोखराको २२औं वार्षिक साधारणसभा तथा १०औं अधिवेशन आज सम्पन्न भएको छ ।

अधिवेशनले पुनः मेनकाजी गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा ज्ञानबहादुर थापा, उपाध्यक्षमा गजबहादुर गुरुङ, सचिवमा श्रीजंग गुरुङ र कोषाध्यक्षमा महादेव न्यौपानेलाई सर्वसम्मतले चयन गरेको छ ।


यस्तै सदस्यहरुमा नितु गुरुङ ए र नितु गुरुङ बि, मिनप्रसाद गुरुङ, मनसुब्बा नेपाली, युवराज गुरुङ लगायतलाई सदस्यमा चयन गरेको छ ।

यसअघि साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि एवम् पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले नेपाली मौलिक लोक संस्कृति र कलाको संरक्षणमा हिमाली साँस्कृतिक परिवारको अतुलनिय योगदान रहेको बताउनुभयो ।


महानगरपालिकाले यसैवर्ष पोखरामा साँस्कृतिक भिलेजको स्थापना गर्ने र जसको लागि परिवारसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताउनुभयो । सकेसम्म पोखरा नयाँ बजारमा रहेको क्षेत्रिय संग्रहलयलाई नै साँस्कृतिक भिलेजको रुपमा परिणत गर्ने कोसिसमा आफूहरु रहेको र त्यसो हुन नसकेको खण्डमा पोखराबाट नजिकैको कुनै स्थानमा सो भिलेज निर्माण गरिने बताउनु भयो ।


अर्को प्रसंगमा उहाँले अब वृद्धवृद्धाद्धारा सञ्चालनमा आएको होम स्टेहरु बन्द गरिनुपर्ने र नयाँ अवधारणाका साथ अबको होम स्टेहरु सञ्चालन गरिनुपर्ने बताउनुभयो ।


कार्यक्रममा कवि तीर्थ श्रेष्ठले नेपाललाई अन्तराष्ट्रिय जगतमा चिनाउन नेपाली मौलिक कला संस्कृति र साहित्यको राम्रो विकास हुनुपर्ने भन्दै यो कदममा हिमालीले राम्रो काम गर्दै आएको बताउनुभयो ।
परिवारका संरक्षक तथा वरिष्ठ संस्कृतिकर्मी चेतन कार्कीले यो पृथ्वीमा सुर्य र चन्द्र रहुनजेल हिमाली साँस्कृतिक परिवार बाँचिरहोस् भनि शुभकामना दिनुभयो ।

नेपाली लोक संस्कृतिको क्षेत्रमा क्रियशील रहेर विभिन्न साँस्कृतिक कार्यक्रम आयोजना गर्ने तथा नेपाली लोक बाजा एवम् भेषभूषाको संरक्षण गर्दै आइरहेको परिवारले असङख्य रुपमा कलाकारहरुको समेत उत्पादन र बजारीकरण गर्दै आएको छ ।


परिवारका अध्यक्ष मेनकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर थापाले स्वागत मन्तव्य दिनुभएको थियो भने सचिव श्रीजंग गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: